
नयाँ दिल्ली, 18 जनवरी (हि.स.)। दक्षिण-पश्चिम जिल्ला पुलिसको साइबर थाना टीमले निवेशको नाममा मानिसहरूबाट कड़ोरौं रुपियाँ ठगी गर्ने अन्तर्राज्यीय साइबर फ्रड सिण्टिकेटको भण्डाफोर गरेको छ। यस कारबाहीमा पुलिसले 8 जना चतुर ठगहरूलाई पक्राउ गरेको छ जसको तार कम्बोडियाबाट संचालित साइबर अपराधीहरूसित जोड़िएको पाइएको छ। जाँचमा सामु आएको छ, गिरोहले मात्र 14 दिनमा 4 कड़ोर रुपियाँ मूल्य खाताहरूमा जमा गराएको थियो र अहिलेसम्ममा 63 एनसीआरपी सिकायतहरू यी खाताहरूसित सम्बन्धित रहेको पाइएको छ।
दक्षिण-पश्चिम जिल्लाका पुलिस उपायुक्त अमित गोयलले आइतवार बताए, गत 7 नोभेम्बर, 2025-मा वसन्त कुञ्ज निवासी 42 वर्षीय महिलाको सिकायतमा साइबर थाना पुलिसले मुद्दा दर्ता गऱ्यो। सिकायतकर्तालाई व्हाट्सएपको माध्यमबाट शेयर ट्रेडिंगमा धेरै मुनाफा कमाइने प्रलोभन देखाइयो। जाली दाबी तथा ग्यारण्टेड रिटर्न हुने भरोसा दिलाएर ठगहरूले महिलाबाट 15.58 लाख रुपियाँ भिन्न-भिन्न खाताहरूमा ट्रान्सफर गराए।
पुलिस उपायुक्तले बताए, मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै इन्स्पेक्टर प्रवेश कौशिकको नेतृत्वमा विशेष टीम गठन गरियो। पुलिस टीमले मनी ट्रेल, तकनिकी सर्भिलान्स र डिजीटल फोरेन्सिक जाँच शुरू गऱ्यो जसमा पहिला तेलंगाना निवासी वनापताला सुनिलको भूमिका प्रकाशमा आयो जसले कमिशनमा म्यूल ब्यांक अकाउन्ट उपलब्ध गराउँथ्यो। की। उसलाई तेलंगानाबाट पक्राउ गरियो। जाँचबुझमा उसले किसरा (तेलंगाना)-मा जाली फर्म खोलेर एयू स्मल फाइनेन्स ब्यांकमा करेन्ट एकाउण्ट खोलेको कुरा स्वीकार गऱ्यो। त्यसपछि हैदराबादबाट उसको सहयोगी सकिनाला शंकरलाई पक्राउ गरियो जसले उक्त खातालाई मनोज यादवलाई सुम्पिएको जानकारी गरायो। पुलिसले उप्रको सन्त कबीर नगरबाट मनोज यादवलाई समात्यो। अर्को श्रृङ्खलामा बनारसबाट सन्दीप सिंह उपनाम लंकेश, राजस्थानको कोटाबाट आदित्य प्रताप सिंह, दिल्लीको पहाड़गञ्जबाट राहुल र शेरू अनि बरेलीबाट सोमपाललाई पक्राउ गरियो।
कम्बोडियाबाट संचालन भइरहेको थियो साइबर ठगीको खेल-
जाँचमा खुलासा भयो, पीड़ितहरूलाई लोभ्याउनको लागि प्रयोग गरिएका व्हाट्सएप नम्बरहरू कम्बोडियाबाट अपरेट भइरहेको थियो। भारतमा बसेका आरोपीहरूले म्यूल खाताको माध्यमबाट ठगीको रकमलाी एकत्र गरेर त्यसलाई पालै-पालो अन्य खाताहरूमा ट्रान्सफर गरेर विदेश पठाउँथे। पुलिसले आरोपीहरूको कब्जाबाट 10 वटा हाई-टेक स्मार्टफोन, 13 वटा सिम कार्ड जफत गरेको छ। पुलिस अनुसार आरोप साेमपाल एमबीए ग्रेजुएट हो जसले सफ्टवेयर कम्पनी चलाइरहेको थियो। कम्पनी बन्द भएपछि उसले आफ्नो कर्पोरेट अकाउन्ट साइबर ठगहरूलाई दियो जोसित 51 वटा सिकायतहरू जोड़िएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा