
बक्सर, 18 जनवरी (हि.स.)। मौनी औंसीको अवसरमा गंगा स्नान गर्नका लागि बक्सर आइरहेका श्रद्धालुहरूलाई फतुआ-बक्सर प्यासेञ्जर ट्रेनमा लुटिरहेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। दानापुर–बक्सर रेलखण्डमा बरूना स्टेशनदेखि बक्सरमाझ गए राति अपराधीहरूले चक्कुको आड़मा तिर्थ यात्रीहरूलाई लुटे। यस अवधि विरोध गर्दा एकजना यात्रीमाथि हमला गरियो जो गम्भीर रूपमा घाइते भएका छन्। यस घटनाको कारणले महिला श्रद्धालु सहित अन्य श्रद्धालुहरूमा भय फैलियो।
जानकारी अनुसार ट्रेन संख्या- 53261 मा बरूना स्टेशनबाट सवार भएका अपराधीहरूले गुड़िरहेको ट्रेनमा चक्कु देखाएर यात्रीहरूलाई डर देखाउन शुरू गरे। गोपालगञ्ज जिल्लाको कुचायकोट निवासी सुरज ठाकुरमाथि हमला गरेर उसलाई घाइते बनाइदियो। घटनापछि बक्सर स्टेशनमा पीड़ितहरूले सिकायत गरेका कारणले जीआरपी थानामा मामिला दर्ता गरियो।
रेल डीएसपी कञ्चन राज औ जीआरपी अधिकारीहरूले घटनाको जाँच शुरू गरेका छन्। सीसीटीभी फुटेजको जाँच गर्नको साथै साथै आरोपीहरूलाई पक्राउ गर्न छापामारी गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा