
फर्रुखाबाद,18 जनवरी (हि.स.)। कालिन्द्री एक्सप्रेस ट्रेनमा आइतवार बम भएको सूचना प्राप्त भयो। सूचना पाए लगत्तै पुलिसले सम्पूर्ण अधिकारी, जीआरपी, आरपीएफ औ बम निराेधक दलले ट्रेनको गहन जाँच गऱ्यो। तर कुनै पनि संदिग्ध वस्तु नभेटिएको कारणले ट्रेनलाई प्रस्थान गराइयो। सूचना दिनेलाई पक्राउ गरिएको छ।
स्टेशन मास्टर मनोज कुमारले बताए, स्टेशन कार्यालयमा सूचना प्राप्त भएको थियो कि भिवानीदेखि प्रयागराज गइरहेको कालिन्दी एक्सप्रेस ट्रेनमा बम राखिएको छ। विस्फोटमा धेरैजना मानिसहरूको ज्यान जानसक्छ। त्यसपछि अप्पर पुलिस अधीक्षक अरूण कुमार सिंह सीओ सिटी ऐश्वर्या उपाध्याय, कोतवाली थाना अध्यक्ष दर्शन सिंह सोलंकी, आरपीएफ थाना प्रभारी ओमप्रकाश मीणा, जीआरपी थाना अध्यक्ष रिपू दमन सिंह डग स्क्वायड र बम निरोधक दलको टीमलाई लिएर रेलवे स्टेशनमा पुगे।
ट्रेन प्लेटफर्ममा रोकिएपछि सबै बोगीहरूको गहन जाँच शुरू गरियो। जाँच पश्चात कुनै पनि प्रकारको संदिग्ध वस्तु वा विस्फोटक सामग्री फेला परेन। अधिकारीहरूले राहत महसूस गर्दै यात्रीहरूलाई स्थितिबारे अवगत गराए। दुई घण्टाभन्दा अधिक समयपछि ट्रेनलाई आफ्नो गन्तव्य तर्फ प्रस्थान गराइयो।
एएसपीले बताए, सूचना दिनेको पहिचान थाना नवाबगञ्ज क्षेत्रस्थित सिकन्दरपुर नगला विनायक निवासी एकजना यात्री श्यामु उपनाम सुमोद कुमारको रूपमा भएको छ। उसलाई हिरासतमा लिएर जाँचबुझ गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा