युवाहरूलाई रोजगार दिनको सट्टा लौरो दिरहेको छ: सञ्जय सिंह
युवाहरूलाई रोजगार दिनको सट्टा लौरो दिरहेको छ: सञ्जय सिंह


मिरजापुर, 18 जनवरी (हि.स.)। आम आदमी पार्टी (आआप)-का राज्यसभा सांसद सञ्जय सिंहले आइतवार चुनार खण्ड अधिनस्थ पाहो बजारदेखि खैरा आजाद चौकसम्म लगभग दुई किलोमीटर पदयात्रा गरे। यो पदयात्रा रोजगार देऊ, सामाजिक न्याय देऊ अभियान अन्तर्गत निकालिएको थियो।

पदयात्राको समापनको अवसरमा खैरा आज़ाद चौकमा कार्यकर्ताहरूले सांसदलाई व्यापक स्वागत गरे। त्यसपछि आयोजित पत्रकार वार्तामा सञ्जय सिंहले केन्द्र र प्रदेश सरकारमाथि चर्को प्रहार गरे। उनले भने, देशका युवाहरू बेरोजगारदेखि चिन्तित छन्। कड़ोरौं नोकरी दिने वाचा गरिए पनि वास्तविकतामा युवाहरू रोजगारहीन भएका छन्।

सञ्जय सिंहले आरोप लगाए, सिपाही भर्ती, पीसीएस, हाईस्कूल सहित केही प्रतियोगी परीक्षाहरूको पेपर लिक भइरहेको छ। उनले भने, युवाहरूलाई रोजगार दिनको सट्टा लौरो दिरहेको छ। सांसदले भने, आम आदमी पार्टीले रोजगार अनि सामाजिक न्यायको मुद्दामा लगातार संघर्ष गर्नेछ। आगामी विधानसभा चुनाउमा जनताले सरकारलाई मुखभरिको जवाफ दिनेछ।

पदयात्रा र कार्यक्रममा व्यापक रूपमा स्थानीय युवा तथा पार्टी कार्यकर्ताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande