
नयाँ दिल्ली, 18 जनवरी (हि.स.)। दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)-ले केन्द्र सरकारको महत्वाकांक्षी सेन्ट्रल विस्टा परियोजना अन्तर्गत पार्क स्ट्रीट इलेक्ट्रिक रिसीभिंग सब स्टेशन (आरएसएस)- को पुनर्स्थापन औ पुनर्निर्माणको कार्य सफलतापूर्वक पूर्ण गरेको छ। यस उपलब्धिबाट राजधानीका प्रमुख मेट्रो लाइनहरूलाई निर्बाद बिजुली आपूर्ति सुनिश्चित हुन सक्नेछ अनि आगामी मेट्रो परियोजना पनि सशक्त हुनेछ।
डीएमआरसीद्वारा प्राप्त जानकारी अनुसार पार्क स्ट्रीट आरएसएसको निर्माण वर्ष 2010-मा दिल्ली मेट्रोको फेज-2 अवधि गरिएको थियो। यसले आरएसएस एयरपोर्ट एक्सप्रेस लाइन तथा भायलेट लाइन (लाइन-6)-लाई बिजुली आपूर्ति गर्थ्यो। वर्ष 2021–22 मा सेन्ट्रल विस्टा परियोजना निर्माण भइरहेकोले यस सब स्टेशनलाई हटाइएको थियो। त्यसपछि वर्ष 2023-मा सीपीडब्ल्यूडीद्वारा उपलब्ध गराइएको वैकल्पिक भूमिमा नयाँ आरएसएसको निर्माण कार्य शुरू गरियो जसलाई दिसम्बर, 2025-मा पूर्ण गरिएको छ।
नयाँ आरएसएसलाई यसरी डिजाइन गरिएको छ कि यसले इन्द्रप्रस्थदेखि आर.के.आश्रम मार्गसम्म प्रस्तावित सेन्ट्रल विस्टा मेट्रो लाइन (फेज-5ए विस्तार परियोजना)-लाई भविष्यमा चाहिने बिजुलीलाई पनि पूरा गर्नसक्नेछ। यसमा सबै प्रमुख विद्युत उपकरणहरूलाई पुनर्स्थापित तथा चालू गरिएको छ जसमा 66 केभी पावर ट्रान्सफर्मर, 66 केभी जीआईएस प्यानल, 33 केभी प्यानल औ 25 केभी जीआईएस प्यानल सामेल छन्। यसले संयुक्त आरएसएस अब एयरपोर्ट लाइन, भायलेट लाइनसँगसँगै आगामी सेन्ट्रल विस्टा मेट्रो लाइनलाई पनि बिजुली आपूर्ति गर्नेछ। भविष्यको आवश्यकलाई मध्यनजर गर्दै अतिरिक्त 25 केभी फीडर पनि उपलब्ध गराइएको छ।
डीएमआरसी अनुसार नयाँ आरएसएसको निर्माण अत्याधुनिक मानदण्ड अनुरूप गरिएको छ। यसमा उन्नत सब स्टेशन अटोमेशन सिस्टम, ऊर्जा-सक्षम वीआरएफ एयर-कण्डीशनिंग सिस्टम औ एलईडी लाइटिंग जड़ान गरिएको छ। सुरक्षाको दृष्टिले ट्रान्सफर्मर र इलेक्ट्रिकल प्यानलहरूको लागि अटोम्याटिक फायर स्टेशन सिस्टम तथा पूर्ण रूपले एड्रेसेबल फायर अलार्म सिस्टम जड़ान गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा