
हुगली, 18 जनवरी (हि.स.)। हुगली जिल्लाको उत्तरपाड़ामा एक पटक फेरि नाबालिकसित यौन उत्पीड़न भएको मामिला प्रकाशमा आएको छ। आरोप छ, छतमा बगैचा देखाउने बहानामा आरोपीले गए शनिवार अपरान्ह नाबालिकलाई आफ्नो घरमा बोलायो। त्यसपछि आरोपीले नाबालिकसित यौन उत्पीड़नसँगसँगै बलात्कार गर्ने चेष्टा गऱ्यो। घटनाबारे जानकारी फैलिनसाथ स्थानीय मानिसहरूले आरोपीलाई समातेर कुटपिट गरे। सूचना पाएर उत्तरपाड़ा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि आरोपीलाई हिरासतमा लिएर थानामा पुऱ्यायो।
आरोप मुताविक उत्तरपाड़ाको तृणमूल कंग्रेसका पूर्व दिवंगत विधायकको छोराले नाबालिकलाई आफ्नो घरमा बोलायो। नाबालिकको पिताको आरोप छ, घरको छतमा बगैचा देखाउने बहानामा आरोपीले उनकी छोरीलाई बोलाएको थियो। आरोपीले बलात्कार गर्ने प्रयास गर्दा-गर्दै नाबालिक त्यहाँबाट भाग्न सफल भई। त्यसपछि पुलिसले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गऱ्यो।
आरोपी विरूद्ध कारबाही नगरेको आरोप लगाएर गए शनिवार राति स्थानीय मानिसहरूले थाना घेराउ गरे। यस अवधि स्थानीय भाजपा तथा सीपीएमका नेताहरू पनि उपस्थित थिए।
जिल्ला भाजपा नेता पंकज रायले भने, तृणमूल नेताहरूले पश्चिम बंगाललाई दुष्कर्मको अड्डा बनाएका छन्। हालैमा हिन्दमोटरमा नाबालिकसित सामुहिक दुष्कर्म भएको थियो। त्यसमा पनि तृणमूल कंग्रेसकै कार्यकर्ताको नाम मुछिएको थियो अब फेरि तृणमूल कंग्रेसकै पूर्व दिवंगत पार्षदको छोरामाथि नाबालिकमाथि यौन उत्पीड़न गरेको आरोप लागेको छ। यो अत्यन्त लज्जास्पद हो।
सीपीएमका पूर्व विधायक श्रुतिनाथ प्रहराजले भने, आरोपी पूर्व तृणमूल पार्षदको छोरा हो। त्यसैले सम्पूर्ण मामिलालाई दबाउने प्रास गरिरहेको थियो। हामी थानामा आएका छौं ताकि कुनै पनि प्रकारले यस मुद्दालाई दबाउन नसकोस्। हामी पनि यसको अन्तलाई हेरेर नै छाड़्नेछौं।
,तथापि घटनापछि आरोपीको छोराले बतायो, मेरा पिता निर्दोष छन्। उनले नानीहरूलाई माया गर्दछन्। अर्कोतिर क्षेत्रवासीहरूले सम्पूर्ण घटनाको विरोध गर्दै आरोपीलाई क़ड़ाभन्दा कड़ा सजाय दिने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा