सिंगुरमा प्रधानमन्त्री मोदीको सभापूर्व हेलिप्याड निकट आगलागी
सिंगुरमा प्रधानमन्त्री मोदीको सभापूर्व हेलिप्याड निकट आगलागी


हुगली, 18 जनवरी (हि. स.)। पश्चिम बंगालको सिंगूरमा प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभा हुन ठीकअघि आइतवार सभास्थलस्थित हेलिप्याडको खाली जमीनमा अचानक आगो लाग्यो। यस हेलिप्याडमा प्रधानमन्त्री मोदीको हेलिकप्टर अवतरण हुने योजना थियो।

घटनाको सूचना पाउनसाथ दमकल विभागीय टीमहरू घटनास्थलमा पुगे अनि कारबाही शुरू गर्दै आगोलाई नियन्त्रण गरे। हाल आगलागीबाट कुनै ठूलो नोक्सान वा जनहानि भएको खबर प्राप्त भएकोछैन। तथापि घटनाको कारणले केही समयसम्म घटनास्थलमा कोकोहोलो मचिएको थियो।

यता भाजपाले यस घटनालाई षड़यन्त्र बताएको छ। पार्टीको आरोप छ, प्रधानमन्त्रीको सभापूर्व सुनियोजित ढंगमा आगो लगाइएको हो। घटनाको पछाड़ि तृणमूल कंग्रेसको षड़यन्त्र लुकेको छ।

आगलागीको कारणबारे प्रशासन तथा दमकल विभागको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ। सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande