
रणवीर सिंह अभिनीत फिल्म ‘धुरंधर’ रिलिज भएदेखि नै बक्स अफिसमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ। एकपछि अर्को गर्दै धेरै नयाँ फिल्महरू रिलिज भए पनि कुनै पनि यसको सामना गर्न सकेका छैनन्। यही कारणले अगस्त्य नन्दाको डेब्यु फिल्म ‘इक्कीस’ को रिलिज मिति समेत परिवर्तन गरिएको थियो र क्रिसमसको सट्टा १ जनवरी, २०२६ मा सिनेमाघरमा उतारिएको हो। तर, रिलिजपछि पनि ‘इक्कीस’ ले ‘धुरंधर’ को अगाडि संघर्ष गरिरहेको देखिएको छ।
बक्स अफिसमा ‘धुरंधर’ ले एकपटक फेरि आफ्नो शक्ति देखाएको छ। सैकनिल्कको रिपोर्टअनुसार, फिल्मले २८औँ दिन १५.७५ करोड़ रुपियाँको कारोबार गरेको छ, जुन आफैंमा चकित पार्ने आँकड़ा हो। विशेष कुरा के छ भने, २५औँ दिन १०.५ करोड़, २६औँ दिन ११.२५ करोड़ र २७औँ दिन ११ करोड़ कमाइसकेपछि फिल्मले फेरि तीव्र गति समातेको छ। यससँगै भारतमा ‘धुरंधर’ को कुल कलेक्सन ७३९ करोड़ रुपियाँ पुगेको छ।
अर्कोतर्फ, अगस्त्य नन्दाको ‘इक्कीस’ ले पहिलो दिन सिङ्गल डिजिटमै ओपनिङ गरेको छ। सैकनिल्कका अनुसार, फिल्मले करिब ७ करोड़ रुपियाँ कमाउँदै बक्स अफिसमा खाता खोलेको छ। नयाँ अभिनेता की पहिलो फिल्मका हिसाबले यो आँकडा ठीक मानिए पनि ‘धुरंधर’ को आँधीका अगाडि यो फिका देखिएको छ। अब सबैको ध्यान वीकएन्डतर्फ केन्द्रित छ, ‘इक्कीस’ ले आफ्नो गति बढाउन सक्छ कि सक्दैन भन्ने हेर्न बाँकी छ। फिल्ममा जयदीप अहलावत, धर्मेन्द्र र सिमर भाटिया पनि महत्वपूर्ण भूमिकामा देखिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी