प्रधानमन्त्री मोदीले देशवासीलाई दृढ़ संकल्पका साथ अगाडि बढ्न आह्वान गरे
प्रधानमन्त्री मोदीले देशवासीलाई दृढ़ संकल्पका साथ अगाडि बढ्न आह्वान गरे


नयाँ दिल्ली, 02 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले महाभारतको एक श्लोकबाट प्रेरणा लिँदै देशवासीलाई दृढ़ संकल्पका साथ अगाडि बढ्न आह्वान गरेका छन्। उनले प्रत्येक प्रयासमा सफलता मिलोस् तथा नयाँ वर्षमा सबैको संकल्प सिद्ध होस् भन्ने कामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले आज बिहान ‘एक्स’ मा लेखेका छन्, “आउँदो समयमा तपाईले आफ्ना प्रत्येक प्रयासमा सफलता प्राप्त गर्नुहोस् भन्ने मेरो कामना छ। दृढ़ संकल्प र इच्छाशक्तिका साथ नयाँ वर्षमा तपाईका संकल्पहरू पूरा होउन्।”

प्रधानमन्त्री मोदीले यस पोस्टसँगै श्लोक पनि उद्धृत गरेका छन्—“उत्थातव्यं जागृतव्यं योक्तव्यं भूतिकर्मसु।भविष्यतीत्येव मनः कृत्वा सततमव्यथैः।।”

यो श्लोक महाभारतको उद्योगपर्व (१३५/२९) बाट लिइएको हो। यसको अर्थ हो, “उठ्नुपर्छ, जागरुक रहनुपर्छ र कल्याणकारी कार्यमा संलग्न हुनुपर्छ। ‘मेरो कार्य अवश्य सफल हुनेछ’ भन्ने दृढ़ विश्वास मनमा राखी, निरन्तर चिन्ता र विषादरहित भएर कर्म गर्दै रहनुपर्छ।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande