आतिशीले रचना यादवको परिवारसित गरिन् भेट
आतिशीले रचना यादवको परिवारसित गरिन् भेट


नयाँ दिल्ली, 20 जनवरी (हि.स.)। आम आदमी पार्टी (आआपा)- की विधायक औ दिल्ली विधानसभामा नेता प्रतिपक्ष आतिशीले मंगलवार शालीमार बागको पीड़ित परिवारसित भेट गरिन्। यस भेटमा उनले कानून व्यवस्थाको सन्दर्भमा सरकारलाई लक्षित गरिन्।

पीड़ित परिवारसित भेट गरेपछि आतिशीले पत्रकारहरूसित बातचित गर्दै भनिन्, हालैमा बीसी ब्लकमा आरडब्ल्यूए अध्यक्ष एवं आम आदमी पार्टीकी कार्यकर्ता रचना यादवको दिउँसै गोली ठोकी हत्या गरियो। आरडब्ल्युएकी अध्यक्ष भए पनि दुई घण्टासम्म कसैले पनि उनको शवलाई छोएनन् जबकि नजिकै पुलिस स्टेशन थियो।

आतिशीले भनिन्, रचना यादव आफ्ना पतिको हत्याको प्रत्यक्ष साक्षी थिइन्। उनलाई आगामी 7 फरवरीको दिन अदालतमा आफ्नो साक्ष्य पेश गर्नुथ्यो। तर यस अगावै उनको गोली दागी हत्या गरियो। उनले दिल्ली सरकारसित प्रश्न गरिन्, यो कुन प्रकारको राजनीति गरिँदैछ कि दिउँसो कुनै महिलाको हत्या गरिएको छ, तर कसैले एउटा प्रश्न समेत उठाएको छैन।

नेता प्रतिपक्षले भनिन्, दिल्लीको कानून व्यवस्था एकदमै खस्किँदो छ, कुनै पनि क्षेत्रमा नागरिकहरू सुरक्षित छैनन्। यो घटनाले कानून व्यवस्थाको विफलता मात्र नभएर गवाहरूको सुरक्षामाथि पनि गम्भीर प्रश्न उठाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande