अमर लामाको उपस्थितिमा शिवखोलामा सांगठनिक सभा सम्पन्न
Bgpm meeting


खरसाङ, २० जनवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय महासचिव अमर लामाले सांगठनिक सभाहरु र पार्टीगत दौडाहा तेज गरेका छन्। यसै क्रममा मंगलवार तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीसित महासचिव अमर लामाको सांगठनिक सभा सम्पन्न भएको छ।

उक्त सांगठनिक सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका सभापति प्रणय देवानको अध्यक्षता सम्पन्न भयो। सभामा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत समष्टिका पदाधिकारीहरु र शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका पदाधिकारीहरु उपस्थित रहेका थिए‌।

लामाले आफ्नो सम्बोधनमा भने, पार्टीको सांगठनिक सभामा सकारात्मक मात्र होइन, तर आलोचनात्मक कुरा पनि हुनुपर्छ। र नै पार्टीको तल्लो तहसम्म गतिविधि बुझ्न सकिन्छ।‌ पार्टीभित्र पारदर्शिता हुनुपर्छ। यस अतिरिक्त उनले पार्टीको सांगठनिक गतिविधि र पार्टीगत विस्तार साथै विभिन्न पार्टीगत योजनाहरु विषयमा वक्तव्य राखेका थिए।‌

सभालाई भागोप्रमो केन्द्रिय महासचिव अमर लामा, तीनधारे महानदी समष्टिको सांगठनिक सचिव सीबी राई, चारैवटा ग्राम पञ्चायतको सभापति सचिवहरु साथै सिपाहीधुराबाट राजीव राई, नरबुङबाट विकास गुरुङ, सिमरिङबाट कमल सुब्बा, मालुटारबाट नरेश राई आदिले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande