अभिषेक ब्यानर्जीले तृणमूल प्रतिनिधिमण्डलको साथमा 27 जनवरीमा सीईओ कार्यालयमा ऱ्याली निकाल्ने
अभिषेक ब्यानर्जीले तृणमूल प्रतिनिधिमण्डलको साथमा 27 जनवरीमा सीईओ कार्यालयमा ऱ्याली निकाल्ने


कोलकाता, 20 जनवरी (हि. स.)। तृणमूल कंग्रेसका लाेकसभा सांसद औ राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले आगामी 27 जनवरीमा पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारी (सीईओ) मनोज अग्रवालसित भेट गर्नका लागि कोलकातास्थित सीईओ कार्यालयमा जानेछन्। यस अवधि उनको साथमा पार्टीका अन्य दशजना नेताहरूको एक प्रतिनिधिमण्डल पनि हुनेछ।

तृणमूल कंग्रेसका एकजना नेताले मंगलवार बताए, सीईओसित भेट गर्नको लागि ई-मेल मार्फत आवेदन पठाइएको छ। यो कदम यस्तो समयमा उठाइएको छ जतिबेला एक दिनअघि पार्टीले उच्चतम न्यायालयको त्यस आदेशलाई ठूलो जीत बताएको थियो जसमा निर्वाचन आयोग (ईसीआई)-लाई निर्देश दिइएको छ, पश्चिम बंगालमा मतादाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया अन्तर्गत ‘लजिकल डिस्क्रेपेन्सी’ श्रेणीमा राखिएका मतदाताहरूको सत्यानको प्रक्रिया पारदर्शी होस् र यसमा नागरिकहरूलाई अनावश्यक तनाउ वा असुविधा नहोस्।

पार्टी सूत्र अनुसार ई-मेलमा बैठकको एजेण्डालाई स्पष्ट रूपमा उल्लेख गरिएको छै। यसमा यति मात्र भनिएको छ, अभिषेक ब्यनर्जीको नेतृत्वमा प्रतिनिधिमण्डलले राज्यमा भइरहेको एसआईआर प्रक्रियासित सम्बन्धित केही महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गर्नको लागि सीईओ कार्यालयको भ्रमण गर्नेछ।

स्मरण गराइन्छ, गत 31 दिसम्बर, 2025- मा अभिषेक ब्यनर्जीले दिल्लीमा मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारसित पनि भेट गरेका थिए जहाँ उनको साथमा दश सदस्यीय प्रतिनिधिण्डल उपस्थित थियो। त्यस बैठकपछि उनले ‘लजिकल डिस्क्रेपेन्सी’-को नाममा मानिसहरूलाई हैरान बनाएको आरोप लगाएका थिए। साथै उनले यो माग पनि गरेका थिए, सुनवाई केन्द्रहरूमा बूथ लेभल एजेन्ट-2 (बीएलए-2)-लाई उपस्थित रहने अनुमति दिइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande