
कछार, 20 जनवरी (हि.स.)। कछारमा पुलिसले 356 ग्राम हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ। पुलिस अधीक्षकले बताए, गुप्त सूचनाको आधारमा सोमवार साँझ कचूदरम भाग-5 मा लागूऔषध विरुद्ध विशेष अभियान शुरु गरिएको थियो। उक्त अभियानको क्रममा 356 ग्राम हेरोइन जफत गरियो।
यस अभियानमा अनवर हुसैन नामको एक व्यक्तिलाई पक्राउ गरिएको छ। अन्तरराष्ट्रिय बजारमा जफत गरिएको हेरोइनको अनुमानित मूल्य लगभग 2 करोड़ रुपियाँ रहेको बताइएको छ।
यस मुद्दामा कानूनी कारबाही शुरू गरिएको छ र यस लागूऔषध सञ्जालको अगाड़ी र पछाड़ीको लिङ्कहरू पत्तो लगाउन अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी