गुवाहाटीमा फिल्मी शैलीमा डकेटी, पतिको अनुपस्थितिमा पत्नीको निधारमा पिस्तोल राखेर लुटपाट, घटना सीसीटीभीमा कैद
गुवाहाटीमा फिल्मी शैलीमा डकेटी, पतिको अनुपस्थितिमा पत्नीको निधारमा पिस्तोल राखेर लुटपाट, घटना सीसीटीभीमा कैद


गुवाहाटी, 20 जनवरी (हि.स.)। गुवाहाटीको गणेशपारा क्षेत्रमा फिल्मी शैलीमा गरिएको एक सन्त्राषपूर्ण डकेटीको घटना प्रकाशमा आएको छ। स्थानीय मानिसहरूले बताए, बितेको राती पतिको अनुपस्थितिको फाइदा उठाउँदै उपद्रवीहरूले घरभित्र पसेर महिलाको निधारमा पिस्तोल ताकेर नगद सहित मूल्यवान वस्तुहरू लुटेर भागे।

सूत्र अनुसार घटना घट्दा महिला घरमा एक्लै थिई। हतियारद्वारा लैस उपद्रवीहरू बलजफ्ती घरभित्र पसे अनि महिलाको ज्यान लिने धम्की दिएर लुटपाटको घटनालाई परिणाम दिए। सम्पूर्ण घटना केही मिनटभित्रै भयो जसबाट महिला ठूलो शोकडमा परेकी छन्।

यस भयानक डकेटीको सम्पूर्ण घटनाक्रम क्षेत्रमा रहेको सीसीटीभी क्यामरामा कैद भएको छ। उक्त सीसीटीभीको फुटेजमा उपद्रवीहरूको निडर तथा सुनियोजित कृत्यहरूलाई स्पष्ट रूपमा देख्न सकिन्छ जसबाट स्थानीय मानिसहरू भयभित भएका छन्।

घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि मामिलाको जाँच शुरू गऱ्यो। पुलिसले सीसीटीभी फुटेजको आधारमा आरोपीहरूलाई चिन्हित गरी पक्राउ गर्ने प्रयास गरिरहेको छ। क्षेत्रमा सुरक्षा व्यवस्था बढ़ाइएको छ। मानिसहरूसित सतर्क रहने अपील पनि गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande