चुनाउपूर्व अखिल गोगोईले दिए मियाँलाई आश्वासन, सीट बाँड़फाँड़माथि नरम नीति
चुनाउपूर्व अखिल गोगोईले दिए मियाँलाई आश्वासन, सीट बाँड़फाँड़माथि नरम नीति


गुवाहाटी, 20 जनवरी (हि.स.)। असमको आगामी विधानसभा चुनाउपूर्व् राइजर दलका अध्यक्ष एवं विधायक अखिल गोगोईले अल्पसंख्यक समुदाय विशेष गरी मियाँ समाजलाई लिएर ठूलो बयान दिएका छन्। उनले भने, यदि उनलाई पाँच वर्षको लागि गृह विभाग संचालन गर्ने अवसर दिइयो भने उनले असमलाई भयमुक्त बनाउनेछन्। अखिल गोगोईले दाबी गरे, उनको शासनकालमा कुनै पनि मियाँलाई डर वा हिंसाको सामना गर्न पर्नेछैन।

उनको यस बयानलाई चुनाउपूर्व अल्पसंख्यक मतदाताहरूलाई फकाउने रणनीतिको रूपमा हेरिँदैछ। यसबीच सीट बाँड़फाँड़लाई लिएर पनि अखिल गोगोईले लचिलो नीति अप्नाएका छन्। उनले भने, माथिल्लो असमका बहुसंख्यक क्षेत्रहरूमा यदि राइजर दललाई थोरै मात्र सीट प्राप्त भयो भने पनि पार्टी गठबन्धन गर्न तयार छ।

अखिल गोगोईले यो पनि स्पष्ट पारे, अल्पसंख्यक बहुल क्षेत्रहरूमा एक वा दुई सीटमा पनि उनको पार्टी गठबन्धनलाई स्वीकार गर्न तयार छ। यो बयान यस्तो समयमा आएको छ जतिबेला असम प्रदेश कंग्रेसका अध्यक्ष एवं लोकसभा सांसद गौरव गोगोईले यो दाबी गरेका छन्, कंग्रेसले 100 वटा विधानसभा सीटमा आफ्नो उम्मेद्वारहरूलाई उतार्नेछ।

राजनीतिक विरोधीहरूमाथि प्रतिक्रिया दिँदै गोगोईले भने, यदि शिवसागरका जनताले उनलाई चुनाउमा परास्त गऱ्यो भने पनि उनलाई केही आपत्ति छैन। यो टिप्पणी उनले वरिष्ठ कंग्रेस नेता वाजेद अली चौधुरीको चुनौतीको जवाफमा गरेका हुन्। चुनाउ नजिकिँदै जानको साथै राज्यको राजनीतिमा बयानबाजी पनि तीव्र भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande