
कार्बी आंगलोंग (असम), 20 जनवरी (हि.स.)। असमको कार्बी आंगलोंग जिल्लाको बकलियाट क्षेत्रमा मंगलवार प्रशासनले अहिलेसम्मकै सबैभन्दा विशाल अतिक्र्मण हटाऔं अभियान संचालन गऱ्यो। यो कारबाही वीजीआर–पीजीआर भूमिमा गरिएको अवैध कब्जाविरूद्ध गरिएको हो।
प्रशासनद्वारा लगभग 350 बिघा भूमिमा फैलिएको अतिक्रमणलाई हटाइँदैछ जहाँ 2,159 परिवारहरूले बनाएका घरहरूलाई ध्वस्त बनाइँदैछ। अधिकारीहरू अनुसार यी परिवारहरूले सरकारी भूमिमा अवैध रूपमा कब्जा गरी आवास निर्माण गरेका थिए।
अभियान अवधि कुनै पनि प्रकारको अप्रिय स्थितिको सामना गर्नकोलागि ठूलो संख्यामा पुलिस बल अनि प्रशासनिक अधिकारीहरू घटनास्थलमा तैनाथ रहे। प्रशासनले स्पष्ट पाऱ्यो, यो कारबाही सरकारी भूमिलाई अतिक्रमण मुक्त बनाउने राज्य सरकारको नीति अन्तर्गत गरिँदैछ।
प्रशासनिक अधिकारीहरूले बताए, पूर्व सूचना तथा सबै कानूनी प्रक्रियाहरू पालन गरिएपछि यो अभियान संचालन गरिएको हो। अतिक्रमण मुक्त बनाइएपछि यो भूमिलाई भविष्यमा जनहितका कार्यहरूको लागि उपयोग गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा