भारतीय जलसीमामा अनुप्रवेशविरूद्ध तटरक्षक बलको कारबाही,24 जना बंगलादेशी मछुआराहरू समातिए
भारतीय जलसीमामा अनुप्रवेशविरूद्ध तटरक्षक बलको कारबाही,24 जना बंगलादेशी मछुआराहरू समातिए


कोलकाता, 20 जनवरी (हि. स.)। भारतीय तटरक्षक बल (इण्डियन कोस्ट गार्ड)-ले पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लास्थित बंगालको खाड़ीमा अन्तर्राष्ट्रिय समुद्री सीमाको उल्लंघन गरी भारतीय जलसीमामा प्रवेश गरेको आरोपमा 24 जना बंगलादेशी मछुआराहरूलाई पक्राउ गऱ्यो। पछि सबैलाई पश्चिम बंगाल पुलिसको तटीय शाखामा सुम्पिइयो।

भारतीय रक्षा मन्त्रालयको पूर्वी कमान मुख्यालयबाट मंगलवार बिहान जारी बयानमा बताइएको छ, गए सोमवार भोर बिहान भएको गस्ती अवधि तटरक्षक बलको एउटा पोतले भारतीय जलक्षेत्रभित्र माछा मार्ने एउटा बंगलादेशी ट्रोलरलाई देख्यो। त्यसपछि तटरक्षक पोतले ट्रोलरलाई पछ्याउँदै गएर भारतीय जलसीमाभित्र त्यसलाई समात्यो। प्रारम्भिक जाँचबुझपछि सोमवार अपरान्ह मछुआराहरूलाई फ्रेजरगञ्ज कोस्टल पुलिस थानामा सुम्पिइयो।

जाँचबुझमा मछुआराहरूले दाबी गरे, घना कुहिरोको कारणले उनीहरू अन्जानमा भारतीय जलसीमामा प्रवेश गरे। तथापि पुलिस सूत्रको भनाइ छ, यो पत्तो लगाउनको लागि अग्रिम जाँच भइरहेको छ कि अनुप्रवेश गल्तीले भएको हो वा कुनै अर्को उद्देश्य थियो। पक्रा पर्ने मछुआराहरूले आफ्नो पहिचानसित सम्बन्धित कुनै पनि दस्तावेज प्रस्तुत गर्न सकेनन्।

एकजना जिल्ला पुलिस अधिकारीले बताए, अन्तर्राष्ट्रिय समुद्री सीमाको अवैध उल्लंघन गरेर भारतीय जलसीमामा प्रवेश गरेको आरोपमा सबैलाई पक्राउ गरिएको छ। यिनीहरूलाई आज (मंगलवार) जिल्ला अदालतमा पेश गरिनेछ।

स्मरण गराइन्छ, हालैमा भारतीय तटरक्षक बलले अवैध रूपमा भारतीय जलक्षेत्रमा प्रवेश गरेको आरोपमा सयजनाभन्दा अधिक बंगलादेशी मछुआराहरूलाई हिरासतमा लिएको छ जसमध्ये कतिपयलाई पछि रिहा गरियो भने अन्यको मामिलामा सुनवाई दक्षिण 24 परगना जिल्लाको काकद्वीप न्यायालयमा भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande