नेशनल हाइवेमा गुड़िरहेको डम्परमा आगो लाग्यो, कोकोहोलो मचियो
नेशनल हाइवेमा गुड़िरहेको डम्परमा आगो लाग्यो, कोकोहोलो मचियो


आसनसोल, 20 जनवरी (हि. स.)। मंगलवार बिहान लगभग 11 बजे दुर्गापुरको इन्द्र अमेरिकन मोड़ निकट राष्ट्रिय राजमार्गमा कोइला लादिएको एउटा गुड़िरहेको डम्परमा अचानक आको लागेर भागाभाग भयो। हेर्दा-हेर्दै डम्परको इञ्जीनमा ह्वार-ह्वार आगो बल्नको साथ कालो धुँवाको मुस्लो निक्लिन थाल्यो जसले गर्दा सड़कमा रहेका अन्य वाहन अनि बटुआहरूमा कोकोहोलो मचियो। राहतको कुरा, यस घटनामा कुनै प्रकारको मानवीय हानि भएको समाचार छैन। तथापि डम्परको एक भाग पूर्ण रूपले क्षतिग्रस्त भएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार स्थितिको गम्भीरतालाई बुझेर डम्पर चालकले तुरून्त वाहनलाई सड़क किनारमा बिसाएर आफू बाहिरिए। उसैको बुद्धिमताको कारणले ठूलो दुर्घटना हुनदेखि बच्यो। घटनापछि केही समयको लागि राष्ट्रिय राजमार्गमा यातायात बाधित भयो। सड़कका दुवै तर्फ वाहनहरूको ताँत लाग्यो। सूचना पाएर न्यूय टाउन थाना पुलिस र दमकल विभागको वाहन घटनास्थलमा पुग्यो। दमकलकर्मीहरूको तत्परतामा छोटो समयमै आगोलाई निभाइयो।

प्रारम्भिक जाँचमा आगलागीको कारण डम्परमा शर्ट सर्किट रहेको बताइएको छ तथापि पुलिस र दमकल विभागले विस्तृत जाँच गरिरहेको छ।

यस घटनापछि फेरि एकपटक राष्ट्रिय राजमार्गमा गुड़्ने भारी वाहनहरूको तकनिकी जाँच एवं सुरक्षा मानदण्डहरूमाथि प्रश्न उठेको छ। विशेषज्ञहरूको मान्यता छ, समय-समयमा वाहनहरूको जाँच नहुनाले यस्ता दुर्घटनाहरूको खतरा बढ़ेर जान्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande