
गुवाहाटी, 20 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दावोसमा आयोजित विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) अवधि इण्डिया पवेलियनको उद्घाटन समारोहमा मंगलवार भाग लिए। यस अवसरमा उनी ‘टीम भारत’- का अन्य सम्मानित साथीहरूसित उपस्थित भएर भारतलाई प्रतिनिधित्व गरे।
मुख्यमन्त्रीले सोशल मीडियामा भने, इण्डिा पवेलियन वैश्विक मञ्च भारतद्वारा उपलब्ध गराइएका सर्वोत्तम अवसरहरूलाई प्रदर्शित गर्ने एक सशक्त माध्यम हो। उनले विश्वास व्यक्त गरे, यो पहलले अन्तर्राष्ट्रिय समुदायबीच भारतको प्रतिष्ठा र ब्राण्ड भ्याल्युलाई अझ सशक्त बनाउँछ।
डा. हिमन्त बिस्व सरमले यो पनि भने, विश्व आर्थिक मञ्च जस्तो प्रतिष्ठित मञ्चमा इण्डिया पवेलिनले भारतको आर्थिक क्षमता, निवेशका सम्भावनाहरू औ वैश्विक नेतृत्वको भूमिकालाई प्रभावकारी ढंगमा सामु ल्याउनमा महत्वपूर्ण योगदान दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा