घैयाबारीको अप्पर गैरी गाउँमा जीर्णावस्थाको घर ढल्यो
House collapsed


खरसाङ, 20 जनवरी (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको अप्पर गैरी गाउँ निवासी अरुणा ठटालको घर ढलेको छ। विगत केही वर्षदेखि जीर्णावस्थामा पुगेको घरमा बस्दै आएका अरुणा ठटालको घर राति ढलेको जानकारी प्राप्त भएको छ।‌

यस घटनाको समय अरुणा ठटाल घरभित्र नै थिए। तर, भाग्यवश उनलाई कुनै चोट पटक भने लागेन। आफ्नो घरको यस्तो स्थिति भएपछि उनले दु:ख‌ व्यक्त गरेका छन्।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्मले‌ पीडितको घरको अवस्थाको बारेमा एक वर्ष अघि नै सूचित गरेको र उनको जीर्णावस्थामा रहेको घर मरमत्तिको लागि निवेदन पनि गरेको बताएका छन्।‌ तर‌, कसैले सहयोग नगरेको र आज उनको घर ढलेको बताए। उनले यस विषयमा भने, हालमा पूजा आजा, विभिन्न बिमारीलाई सहयोग गर्ने, तथा खेलहरु आयोजनामा लाखौं लाख रुपियाँ खर्च गरिन्छ, तर एकजना गरीबको घर बनाउन कसैले‌ सहयोग गर्दैनन्।‌ उनले ठटालको घर सबै मिलेर बनाइदिन आह्वान् गरेका छन्।‌

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande