पर्यावरण शिक्षा कार्यक्रमको सफल आयोजन
पर्यावरण शिक्षा कार्यक्रमको सफल आयोजन


हुगली, 20 जनवरी (हि. स.)। भारत सरकारको पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालयको तत्वावधानमा बाल-बालिका एवं युवाहरूलाई पर्यावरण संरक्षणप्रति जागरुक बनाउने उद्देश्यले मंगलवार ब्याण्डेल महात्मा गान्धी हिन्दी विद्यालयमा एक विशेष पर्यावरण शिक्षा कार्यक्करमको सफल आयोजन गरियो।

यस कार्यक्रममा विद्यार्थीहरूलाई पर्यावरणसित सम्बन्धित विभिन्न मुद्दाहरू बारे अवगत गराउनका लागि कार्यशाला, प्रदर्शनी, प्रकृति शिविर सहित अनेकौं शैक्षणिक गतिविधिहरू आयोजना गरियो। यी गतिविधिहरूको माध्यमबाट विद्यार्थीहरूले औपचारिक शिक्षासँगसँगै व्यवहारिक ज्ञान पनि प्राप्त गरे। विद्यार्थीहरूले ‘मिशन लाइफ’- का सन्देशहरूलाई आत्मसात गर्दै त्यसलाई आफ्नो घर अनि समाजसम्म पुऱ्याउने संकल्प लिए।

विद्यालयमा छात्रहरूको आलोचनात्मक सोच एवं सार्वजनिक वक्तृत्व क्षमतालाई प्रेरित गर्नको लागि ‘मिशन लाइफ’-सित सम्बन्धित तथ्यहरूमाथि आधारित हाजिरी जवाफ प्रतियोगिताको आयोजन गरियो। कार्यक्रमको अन्तमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरी सम्मानित गरियो।

विद्यालयका प्रधानाध्यापक विजय कुमार प्रसादले यस प्रकारका कार्यक्रमहरूलाई विद्यालयको अभिन्न अंग बनाउनका लागि पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्डका नोडल अधिकारी समञ्जीत सेनगुप्ताप्रति आभार व्यक्त गरे। उनले भने, यस प्रकारको कार्यक्रमले आगामी दिनमा समाजमा स्थिरताप्रति सामुहिक दृष्टिकोणलाई नयाँ आकार दिनेछ तथा विद्यार्थी जीवन कौशल विकासमा पनि महत्वपूर्ण भूमिका निभाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande