माघको शुरुआतमै जाड़ो विदाई तर्फ अग्रसर, बंगालमा बढ़्न थाल्यो तापमान
माघको शुरुआतमै जाड़ो विदाई तर्फ अग्रसर, बंगालमा बढ़्न थाल्यो तापमान


कोलकाता, 20 जनवरी (हि.स.)। माघ महिनाको शुरुआतसँगै पश्चिम बंगालमा जाड़ो लगभग विदाई तर्फ बढ़िरहेको देखिएको छ। राज्यको तापमान लगातार बढ़्दै गइरहेको छ। मंगलवार कोलकाताको न्यूनतम तापमान 14.2 डिग्री सेल्सियस दर्ता गरियो। बिहान अनि साँझ हल्का जाड़ो भए पनि दिउँसो चर्को घाम लागिरहेकोले जाड़ोको प्रभाव धेरै कम भएको छ।

अलिपुर मौसम विभाग अनुसार आगामी केही दिनमा बंगालको मौसम शुष्क रहने तथा तापमान अझ बढ़्ने सम्भावना छ। कोलकातामा आगामी एक सातासम्म मुख्यतः आकाश सफा रहनेछ, वर्षा हुने कुनै सम्भावना छैन। शहरको अहिलेघरि दिउँसोको अधिकतम तापमान 25.9 डिग्री सेल्सियससम्म पुगिसकेको छ।

मौसम विभागले बतायो, हावामा नमीको मात्रा अधिक रहेको कारणले भोर बिहान हल्का धमिलोपन वा कुहिरोको प्रभाव बढ़्नसक्छ। माघ महिनामै मानिसहरूले सिरक, कम्बल आदि थन्काउने तयारी गरिरहेका छन्।

दक्षिण बंगालका जिल्लाहरूमा बिहान हल्का कुहिरो रहे पनि दिन बढ़्दै गएपछि आकाश सफा हुनेछ अनि जाड़ोको प्रभाव कम हुनेछ। उत्तर बंगालमा पनि आगामी केही दिनसम्म तापमानमा ठूलो बद्लाउ आउने कुनै सम्भावना छैन। दार्जीलिङ लगात अन्य पहाड़ी क्षेत्रहरूमा न्यूनतम तापमान 3-5 डिग्री सेल्सियसबीच रहनेछ। मालदा अनि उत्तर दिनाजपुर सहित मैदानी जिल्लाहरूमा तापमान 10-15 डिग्री सेल्सियस लगभग रहने अनुमान छ।

मौसम वैज्ञानिकहरू अनुसार उत्तर-पश्चिम भारतमा एक पश्चिमी विक्षोभ सक्रिय भएको छ र बुधवार फेरि अर्को नयाँ विक्षोभ विकसित हुने सम्भावना छ। जसबाट उत्तरदेखि आउने चिसो हावाको प्रवाह बाधित भइरहेको छ। साथै दक्षिण भारतबाट उत्तर-पूर्वी मनसुनले विदा लिएपछि मौसम बिस्तारै परिवर्तन हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande