
रायबरेली, 20 जनवरी (हि. स.)। लोकसभामा नेता प्रतिपक्ष सांसद राहुल गान्धी अहिलेघरि आफ्नो संसदीय क्षेत्र रायबरेलीको दौड़ाहमा व्यस्त छन्। मंगलवार शहरका कतिपय क्षेत्रहरूमा ठूल्ठूला ब्यानरहरू झुण्डाइएको छ। यी ब्यानरहरू चर्चाको विषय बन्न पुगेको छ। ब्यानर एवं होर्डिंगहरूमा राहुल गान्दी र समाजवादी पार्टीका प्रमुख अखिलेश यादवलाई 'कप्तान' इण्डिया लेखिएको छ।
यसमा राहुल गान्धी औ अखिलेश यादवलाई वर्ष 2027 र वर्ष 2029- को लागि इण्डियाको कप्तान लेखिएको छ। यी ब्यानरहरूको विशेष कुरा के छ भने राहुल गान्धी तथा अखिलेश यादवलाई क्रिकेटरको रूपमा प्रस्तुत गरिएको छ। हातमा ब्याड, खेलको मैदान जस्तो ब्याकग्राउण्ड तथा जीतको सन्देश। यी तस्वीरहरूको माध्यमबाट दुवै नेतालाई मैदानमा उत्रिने सशक्त खेलाड़ीहरूको रूपमा देखाइएको छ। ब्यानरहरूमा दुवै नेताहरूलाई पीडीए 'रक्षक' पनि बताइएको छ। सपा लोहिया वाहिनीका प्रदेश सचिव राहुल निर्मल बागीको पक्षबाट झुण्डाइएका यी ब्यानर तथा होर्डिंगहरूको चर्चा राजनीतिक जगतमा तीव्र भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा