सिक्किम विधानसभाका अध्यक्ष र उपाध्यक्ष पीठासीन अधिकारीहरूको सम्मेलनमा सहभागी
Mn sherpa


गान्तोक, 20 जनवरी (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्गमा नर्बु शेर्पा र सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाका साथै सिक्किम विधानसभा सचिवालयका सचिव, प्रधान निर्देशक तथा वरिष्ठ अधिकारीहरूको एक प्रतिनिधिमण्डलले १९ जनवरी, २०२६ मा लखनउस्थित विधान भवनमा आयोजित ८६औँ अखिल भारतीय पीठासीन अधिकारी सम्मेलनको उद्घाटन समारोहमा सहभागी बन्यो। उक्त सम्मेलनको उद्घाटन समारोहलाई उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, लोक सभाका अध्यक्ष तथा सम्मेलनका अध्यक्ष ओम बिरला र राज्यसभाका उपाध्यक्ष हरिवंशले सम्बोधन गरेका थिए।

उक्त सम्मेलन २१ जनवरी, २०२६ सम्म सञ्चालन हुनेछ र त्यसपछि २२ जनवरी, २०२६ मा अध्ययन भ्रमण आयोजना गरिने‌ सचिवालयले जानकारी गराएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande