राजगञ्जका बीडीओ प्रशान्त बर्मन अनुपस्थित, सौरभ कान्ति मण्डललाई सुम्पिइयो दायित्व
राजगञ्जका बीडीओ प्रशान्त बर्मन अनुपस्थित, सौरभ कान्ति मण्डललाई सुम्पिइयो दायित्व


जलपाईगुड़ी, 20 जनवरी (हि. स.)। राजगञ्ज ब्लकका बीडीओ प्रशान्त बर्मन अनुपस्थिति रहेपछि प्रशासनले संयुक्त बीडीओ सौरभ कान्ति मण्डललाई अतिरिक्त दायित्व सुम्पिएको छ। प्रशान्त बर्मनको स्थानमा अब सौरभ कान्ति मण्डलले प्रशासनिक एवं वित्तीय प्रभार सम्हाल्नेछन्।

बताइएको छ, न्यू टाउन स्वर्ण व्यापारी हत्याकाण्डसित सम्बन्धित मामिलामा नाम मुछिएपछि बीडीओ प्रशान्त बर्मन अनुपस्थित हुँदै आएका छन्। उच्चतम न्यायालयक निर्देशानुसार उनलाई आगामी 23 जनवरीसम्ममा आत्मसमर्पण गर्नुछ, तर हाल उनी भागेको बताइएकोछ। त्यसैले राजगञ्ज ब्लकको प्रशासनिक कामकाज लगभग ठप्प भएको थियो।

प्रशासनिक सूत्र अनुसार सरकारी कामकाजलाई सुचारू बनाइराख्ने उद्देश्यले संयुक्त बीडीओ सौरभ कान्ति मण्डललाई यो दायित्व दिइएको हो।

यसबीच राजगञ्जका विधायक खगेश्वर रायले मंगलवार नवनियुक्त कार्यवाहक बीडीओ सौरभ कान्ति मण्डललाई फूलगुच्छा दिएर स्वागत ज,नाए। विधायकले भने, पछिल्लो लामो समयदेखिकै प्रशासनिक कामहरू रोकिएको थियो, यी कामहरूलाई सुचारू रूपमा अगाड़ि बढ़ाउनका लागि राज्य प्रशासनले यो महत्वपूर्ण फसेला लिएको हो। विधायकले आशा व्यक्त गरे। नयाँ दायित्वसितै कार्यभार सम्हाल्नाले राजगञ्ज ब्लकमा विकास कार्यहरूले गति पाउनेछन्। आम मानिसहरूको समस्या पनि द्रूत गतिमा समाधान हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande