मुख्य सचिवले ७७औँ गणतन्त्र दिवस समारोहको तयारीको समीक्षा गरे
R telang presiding meeting


गान्तोक, 20 जनवरी (हि.स.)। सिक्किम सरकारका मुख्य सचिव रविन्द्र तेलाङको अध्यक्षतामा आज गान्तोकस्थित टाशीलिङ सचिवालयको सम्मेलन कक्षमा आगामी ७७औँ गणतन्त्र दिवस समारोहको तयारीको समीक्षा गर्न एक बैठक आयोजन गरियो। बैठकमा विभिन्न विभागका विभागीय प्रमुखहरू र सशस्त्र बलका अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकका क्रममा मुख्य सचिवले गणतन्त्र दिवस समारोहका लागि गरिएका समग्र व्यवस्थाहरूको समीक्षा गरे। गणतन्त्र दिवसका दिन आयोजना हुने कार्यक्रमहरूको क्रमबारे विस्तृत छलफल गर्दै कार्यक्रमको प्रत्येक पक्षको समीक्षा गरी समन्वित र सुव्यवस्थित रूपमा सञ्चालन सुनिश्चित गर्न ध्यान दिइयो।

मुख्य सचिवले कार्यक्रम सञ्चालनमा शुद्धता, अनुशासन र कार्यकुशलताको महत्वमा जोड दिए। साथै, प्रत्येक खण्डको सूक्ष्म योजना बनाउन, कुनै पनि सम्भावित व्यवस्थापनसम्बन्धी चुनौतीहरूको समाधान गर्न र कार्यक्रमलाई त्रुटिरहित रूपमा सम्पन्न गर्न निर्देशन दिए।

मुख्य सचिवले भव्य तथा सफल समारोहका लागि अन्तर–विभागीय समन्वयको आवश्यकतामा जोड दिए। उनले सबै विभागहरूलाई आपसी सहकार्यमा काम गर्न र तयारीसम्बन्धी समयसीमाको कडाइका साथ पालना गर्न निर्देशन दिए।

उल्लेखनीय छ, सबै विभागीय प्रमुखहरूको उपस्थितिमा २४ जनवरी, २०२६ मा पूर्ण पोशाकसहितको पूर्वाभ्यास आयोजना गरिने बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande