
साम्बा, 20 जनवरी (हि.स.)। साम्बा जिल्ला संलग्न भारत-पाक अन्तर्राष्ट्रिय सीमामा हिजोआज भइरहेका संदिग्ध गतिविधिहरूलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाइएको छ। सीमा सुरक्षा बल, जम्मू-कश्मीर पुलिस तथा अन्य गुप्तचर एजेन्सीहरूले संयुक्त रूपमा सम्पूर्अण क्षेत्रमा कड़ा निगरानी राखिरहेका छन् साथै सम्भावित खतराहरूलाई समयमै निष्क्रिय बनाउनको लागि व्यापक खोजी अभियान संचालन गरिएको छ।
सूत्र अनुसार अन्तर्राष्ट्रिय सीमा संलग्न केही अग्रिम गाउँहरू तथा संवेदनशील क्षेत्रहरूमा संदिग्ध गतिविधि देखिएपछि सुरक्षा एजेन्सीहरू पूर्ण रूपले सतर्क भएका छन्। आशंका व्यक्त गरिँदैछ, सीमा पारीबाट ड्रोनको माध्यमबाट हतियार, विस्फोटक वा अन्य संदिग्ध सामग्रीहरूलाई उतार्ने चेष्टा गर्न सक्छ। यसैलाई ध्यानमा राखेर सीमा क्षेत्रमा दिन-रात निगरानी बढ़ाइएको छ।
गए सोमवार पनि बीएसएफ र एसओजीका संयुक्त टीमहरूले सीमा संलग्न खेतहरूको खाली जमीन तथा आवासीय क्षेत्रमा गहन खोजी अभियान संचालन गरे। आधुनिक तकनिकले ड्रोन रोधी उपकरण नाइट भिजन क्यामरा तथा अन्य निगरानी साधनहरूको सहयोगले हरेक संदिग्ध गतिविधमाथि गिद्दे नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा