
दक्षिण 24 परगना, 20 जनवरी (हि.स.)। दक्षिण 24 परगना जिल्लाको ढोलाहाट थाना अन्तर्गत मादरपाड़ामा एसआईआर (विशेष गहन पुनरीक्षण)- को सुनवाई अवधि कथित उत्पीड़न भएको आरोपमा मंगलवार बिहान 9 बजेदेखि मतदाताहरूको एक वर्गले सड़क जाम गरी व्यापक विरोध प्रदर्शन गऱ्यो।
प्रदर्शनकारीहरूले सड़कमा टायर बालेर आफ्नो आक्रोश व्यक्त गरे। यस आन्दोलनको कारणले ढोलाहाट-रामगंगा रोड पूर्ण रूपले अवरूद्ध भयो जसबाट बिहानदेखिकै क्षेत्रको यातायात ठप्प भएको छ। सड़क जाम भएको कारणले विद्यार्थी, कार्यालय जानने कर्मचारी अनि मालवाहक वाहनहरूको लामो ताँत लागेको छ।
प्रदर्शनकारीहरूले आरोप लगाए, एसआईआरको नाममा उनीहरूसित अनावश्यक दस्तावेज मागिरहेका छन् साथै उनीहरूलाई डर देखाउने, धम्काउने गरिरहेको छ जसबाट आम मानिसहरू दिक्क भएका छन्। उनीहरूको भनाइ छ, सुनवाई प्रक्रिया अवधि अकारण दबाव दिइँदैछ।
सूचना पाएर ढोलाहाट थानाको पुलिसले घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित बातचित गरी सड़क जामलाई हटाउने चेष्टा गरिरहेको छ। तथापि क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। तर पुलिसानुसार स्थिति हाल नियन्त्रणमा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा