
कोलकाता, 20 जनवरी (हि. स.)। भोटर सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- को सुनवाईलाई लिएर फेरि पश्चिम बंगालका विभिन्न भागहरूमा तनाउ फैलिएको छ। दक्षिण 24 परगनाको बासन्तीमा सुनवाई केन्द्रमा तोड़फोड़ भएको घटना प्रकाशमा आएको छ भने ढोलाहाटमा सड़क जाम गरी टायर बालेर विरोध प्रदर्शन गरिँदैछ। अर्कोतिर हुगलीको पोलबा क्षेत्रमा ‘फारम-7’-लाई लिएर तृणमूलले व्यापक प्रदर्शन गऱ्यो। मंगलवार बिहानदेखि नै राज्यका भिन्न-भिन्न भागहरूमा विशेष गरी दक्षिण 24 परगनामा स्थिति तनाउपूर्ण भएको छ।
एसआईआर प्रक्रिया शुरू भएदेखि नै यसलाई लिएर लगातार प्रश्न उठिरहेको छ। आरोप छ, एसआईआरको नाममा उनीहरूलाई अनावश्यक रूपमा हैरान बनाइरहेको छ। सुनवाईको नोटिस पठाएर घण्टौंसम्म लाइनमा उभाइन्छ।
बासन्तीको बीडीओ कार्यालयमा जहाँ एसआईआरको सुनवाई केन्द्र अवस्थित छ,-मा मंगलवार बबाल मचियो। आरोप छ, नोटिस पठाएर मानिसहरूलाई बोलाइँदैछ अनि घण्टौसम्म उनीहरूलाई सताइरहेको छ। यसै असन्तुष्टिको कारणले एक समुहले बीडीओ कार्यालयमा पसेर तोड़फोड़ गऱ्यो। लामो समयसम्म सुनवाई केन्द्रभित्रै रड़ाँको मचियो। त्यसपछि प्रदर्शनकारीहरूले एसआईआरमा कथित उत्पीड़नको विरोधमा बासन्ती राज्य सड़कलाई जाम गरिदिए। बिहान लगभग 10 बजेदेखि करिब एक घण्टासम्म सड़क अवरूद्ध भयो पछि पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो।
दक्षिण 24 परगनाकै ढोलाहाट क्षेत्रमा पनि यसरी नै विरोध भएको देख्न पाइयो। बिहान 9 बजेदेखि मादादरपाड़ा क्षेत्रमा प्रदर्शनकारीहरूले सड़कमा टायर बालेर ढोलाहाट–रामगंगा रोडलाई पूर्ण रूपले अवरूद्ध गरिदिए। यसले गर्दा यातायात पूर्ण रूपमा ठप्प भयो। स्कूल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी तथा मालवाहक वाहनहरूको लामो ताँत लाग्योय़ पछि ढोलाहाट थानाको पुलिसले धटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित बातचित गरी जामलाई हटायो।
हुगली जिल्लाको पोलबास्थित आलिनगर क्षेत्रमा फारम-7 लाई लिएर तृणमूल कंग्रेसले विरोध गऱ्यो। तृणमूलको आरोप छ, भाजपा कार्यकर्ताहरूले लोकतान्त्रिक ढंगको सट्टा बलजफ्ती फारम-7 जमा गराएर एसआईआर सूचीबाट आम मानिसहरूको नाम कटाउने चेष्टा गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा