
कोकराझाड़ (असम), 20 जनवरी (हि.स.)। कोकराझाड़मा भएको भर्खरैको घटनामाथि प्रतिक्रिया व्यक्त गर्दै बोडोल्याण्ड टेरिटोरियल रीजन (बीटीआर)- का मुख्य कार्यकारी सदस्य (सीईएम) हग्रामा मोहिलारीले भने, यस सम्पूर्ण मामिलामा अर्को “तेस्रो शक्ति” सामेल छ जसले राजनीतिक रूपमा अशान्ति फैलाउने चेष्टा गरिरहेको छ।
मोहिलारीले भने, केही तत्वहरूले सुनियोजित ढंगमा माहोल बिगार्ने तथा मानिसहरूलाई भड़्काउने प्रयास गरिरहेका छन्। उनले आम जनतासित अफवाहरूमाथि ध्यान नदिने तथा शान्ति कायम राख्ने अपील समेत गरे।
बीटीआर सीईएमले बल दिँदै भने, बोड़ो तथा आदिवासी सबै यहीँका हुन्। सबै समुदायले मिलीजुली यसै क्षेत्रमा बस्नुपर्छ, त्यसैले आपसी सौहार्द र शान्तिलाई कायम राख्ने जिम्मेवारी सबैको हो। उनले मानिसहरूलाई संयम अप्नाउने अनि प्रशासनलाई सहयोग गर्ने अपील गरे ताकि क्षेत्रको स्थिति सामान्य् होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा