चन्द्रकोणामा फलामे पुलको निर्माण कार्य रोकियो, ग्रामीणहरूमा व्यापक
चन्द्रकोणामा फलामे पुलको निर्माण कार्य रोकियो, ग्रामीणहरूमा व्यापक


पश्चिम मेदिनीपुर, 20 जनवरी (हि. स.)। जिल्लाको चन्द्रकोना-दुई ब्लकको बान्दीपुर-एक पञ्चायतमा निर्माणाधिन फलामे पुलको निर्माण कार्य फण्डको अभावमा बीचमै रोकिएको छ। यसबाट स्थानीय ग्रामीणहरूमा प्रशासन तथा जनप्रतिनिधिहरूप्रति गहिरो रोष व्याप्त भएको छ।

उल्लेखनीय छ, शीलावती नदीमा बनिएको पुरानो काठको पुललाई पछिल्लो वर्षको मनसुनमा पानीले बगाएको थियो। त्यसपछि ग्रामीणहरूको आवागमनको लागि पञ्चायतले एक अस्थायी बाँसको साँगो बनाएको थियो। प्रशासनले यस पुल भएर वाहनहरूको आवागमनमाथि रोक लगाइदिएको छ। तर आफ्नो ज्यानलाई जोखिममा पारेर भए पनि ग्रामीणहरू यस अस्थायी पुलबाटै मोटरसाइकल वा अन्य वाहनहरू लैजान बाध्य छन्।

स्थानीय सूत्र अनुसार उक्त फलामे पुलको निर्माण ग्राम पञ्चायत, पञ्चायत समिति तथा विधायक कोषको संयुक्त सहयोगबाट भइरहेको थियो। तर बीचमै पैसाको आपूर्ति बन्द भएको कारणले काम ठप्प भएको छ।

स्थानीय निवासी बापी मुखर्जी र अर्पिता भुइयाँले मंगलवार बिहान उक्त समस्या बारे अवगत गराउँदै बताए, काठको पुल भाँचिएपछि उनीहरूलाई नयाँ फलामको पुलले उनीहरूको समस्याको स्थायी समाधान गरिदिने ठूलो आशा थियो। उनीहरूले माग गरे, सरकारले चाँड़ोभन्दा चाँड़ो यस पुलको कामलाई पूरा गरिदेओस् ताकि मानिसहरूलाई दिनहुँ ओहोर-दोहोर गर्न समस्या नहोस्।

यता चन्द्रकोणा-दुई पञ्चायत समितिका सभापति आलोक घोषसित फोनमा कुरा गर्दा उनले बताए, तकनिकी तथा वित्तीय बाधाहरूको समाधान गरिँदैछ। उनले आश्वासन दिए, चाँड़ै रहल कार्य पूरा गरेर पुल आम मानिसहरूको लागि खोलिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande