कोकराझाड़मा पशु चोरीको शंकामा युवकको कुटेरै हत्या, चारजना घाइते, भीड़ले वाहन जलाइदियो
कोकराझाड़मा पशु चोरीको शंकामा युवकको कुटेरै हत्या, चारजना घाइते, भीड़ले वाहन जलाइदियो


कोकराझाड़ (असम), 20 जनवरी (हि.स.)। असमको कोकराझाड़ जिल्लास्थित कारिगाउँ क्षेत्रमा पशु चोरको सन्देहमा उग्र भीड़द्वारा कुटपिट गरिएको कारणले एकजना युवकको ज्यान गयो भने अन्य चारजना मानिसहरू घाइते भए। यस घटनाले गर्दा क्षेत्रमा तनाउ फैलिएको छ।

पुलिसद्वारा आज दिइएको जानकारी अनुसार स्थानीय मानिसहरूले केही युवकहरूमाथि गाई चोरीमा सामेल रहेको शंका व्यक्त गरे जसपश्चात भीड़ उग्र भयो।यस भीड़ले आरोपीहरूलाई कुटपिट गर्न शुरू गऱ्यो। यस अवधि गम्भीर रूपमा घाइते युवकको घटनास्थलमै मृत्यु भयो।

घटना अवधि आक्रोशिति भीड़ले कथित गाई चोरीसित जोड़िएको एउटा स्कर्पियो वाहनलाई समेत आगो लगाइदियो। घाइतेहरूलाई उपचारको निम्ति नजिकैको अस्पतालमा भर्ती गरिएको छ।

सूचना पाएर पुलिस अनि सुरक्षा बलले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande