भाजपा सिक्किमले नवनिर्वाचित अध्यक्ष नितिन नबिनलाई हार्दिक बधाई तथा शुभकामना दिए
Modi and Niti nabin


गान्तोक, 20 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले भाजपाको राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित भएकोमा नितिन नबिनलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। ४५ वर्षको उमेरमा नबिन पार्टीको सबैभन्दा कनिष्ठ राष्ट्रिय अध्यक्ष बन्न सफल बनेको बताउँदै प्रदेश भाजपाले यसलाई संगठनभित्र पुस्तान्तरण, नयाँ ऊर्जा र सुदृढ़ नेतृत्वको प्रतीकका रूपमा एक गर्वको क्षण बताएको छ।

भाजपा सिक्किमले नितिन नबिनको नेतृत्व र दृष्टिकोणप्रति पूर्ण समर्थन व्यक्त गरेको छ। प्रदेश भाजपाले प्रधानमन्त्री मोदीको गतिशील नेतृत्वमा निःस्वार्थ सेवामा समर्पित बनेर समाजका सबै वर्गलाई सशक्त बनाउने तथा भारतको गौरव अझ सुदृढ़ गर्ने प्रतिबद्ध व्यक्त गरेको छ। पाँच पटक विधायक रहेका नबीनको समृद्ध प्रशासनिक अनुभवसहित निर्विरोध निर्वाचनले पार्टीभित्रको व्यापक विश्वास र सहमतिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको भाजपा सिक्किमले बताएको छ।

नयाँ दिल्लीस्थित भाजपा केन्द्रिय कार्यालयमा आयोजित संगठन पर्वमा भाजपा सिक्किमका प्रदेश अध्यक्ष डीआर थापा, राष्ट्रिय परिषद् सदस्य एनके सुब्बा, पार्टी पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी बनेका थिए।

कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा नितिन नबिनको नेतृत्वको प्रशंसा गरे। प्रधानमन्त्रीले पार्टीकाे विषयमा कुरा गर्दा नितिन नबिन आफ्नो बोस र आफू एक पार्टी कार्यकर्ता रहेको बताए। उनले नबिनको नेतृत्वमा भाजपाले आफ्नो गौरवशाली विरासतलाई अगाडि बढाउँदै एनडीएभित्र समन्वय कायम राख्ने र महत्वपूर्ण अमृतकालमा विकसित भारत निर्माण गर्ने विश्वास व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande