प्रदेश भाजपा अध्यक्ष थापाले केन्द्रिय मन्त्री मेघवालसंग भेट गरे
डीआर थापा र केन्द्रिय मन्त्री मेघावाल


गान्तोक, 20 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले आज नयाँ दिल्लीमा आयोजित संगठन पर्व कार्यक्रमको क्रममा केन्द्रिय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालसँग भेट गरे। यस अवसरमा दुवै नेताबीच सिक्किम राज्य तथा राष्ट्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा गहन तथा सार्थक छलफल भएको भाजपा सिक्किमले प्रेस विज्ञप्तिमा बताएको छ।

वरिष्ठ भाजपा नेताबाट प्राप्त बहुमूल्य मार्गदर्शन र विचारलाई थापाले अत्यन्त उपयोगी र प्रेरणादायी बताए। उनले अर्जुन राम मेघवालको समय, सल्लाह तथा आशीर्वादप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande