चुराचाँदपुरमा अवैध अफिमको खेती नष्ट, 22 एकड़ क्षेत्रको सफाई गरियो
चुराचाँदपुरमा अवैध अफिमको खेती नष्ट, 22 एकड़ क्षेत्रको सफाई गरियो


चुराचाँदपुर (मणिपुर), 20 जनवरी (हि.स.)। चुराचाँदपुर जिल्लाको सांगाइकोट थाना अन्तर्गत डांपी क्षेत्रमा गए सोमवार सुरक्षा बल, वन विभाग, एनएबी तथा कार्यकारी मेजिस्ट्रेटको संयुक्त टीमले कारबाही गर्दै लगभग 22 एकड़मा उब्जाइएको अवैध अफिम (पोस्ता)-को खेतीलाई नष्ट गरिदियो।

अधिकारीहरूले आज बताएका छन्, अभियान अवधि खेती स्थलमा बनाइएका तीन वटा अस्थायी झोपड़ीहरूलाई जलाइयो। यसको साथै जाँच अनि कानूनी प्रक्रियाको लागि अफिमका बिरूवा र फल सहित दश वटा नमूना एकत्र गरियो।

प्रशासनले स्पष्ट पारेको छ, जिल्लामा मादक पदार्थको अवैध खेती अनि तस्करीविरूद्ध यो अभियान निरन्तर जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande