
खरसाङ, २० जनवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा आज खरसाङ महकुमा कार्यालयमा टाउन कमिटी कार्यकारीणी सदस्यहरुलाई लिएर एक सभा आयोजन गरियो। उक्त सभा मतदाता गहन पुनरीक्षण (एसआईआर) को सुनवाईको क्रममा खरसाङका जनसाधारणले झेल्न परिरहेका समस्याहरुलाई ध्यानमा राख्दै पार्टी अध्यक्ष अनित थापाकाे निर्देशनमा गरिएको बताइएको छ।
यस सभामा खरसाङको जनतालाई सुनवाईमा सहयोग गर्नका लागि टाउन कमिटीका पदाधिकारी र सदस्यहरु खरसाङ महकुमा कार्यालयमा पुगेर जनसाधारणलाई सहयोग गर्ने निर्णय गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक