मुख्यमन्त्री ममता ब्यानर्जी 28 जनवरीमा सिंगुर दौड़ाहमा जाने
मुख्यमन्त्री ममता ब्यानर्जी 28 जनवरीमा सिंगुर दौड़ाहमा जाने


हुगली, 20 जनवरी (हि. स.)। हुगली जिल्लाको सिंगुर फेरि एक पटक पश्चिम बंगालको राजनीतिको केन्द्र बन्न पुगेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैमा ऱ्याली गरेपछि अब यसै महिना मुख्यमन्त्री ममता ब्यानर्जी पनि सिंगुर गइरहेकी छन्।

प्राप्त जानकारी अनुसार मुख्यमन्त्रीले आगामी 28 जनवरीका दिन सिंगुरमा जनसभा गर्नेछन्। यस सभामा राजनीतिक सन्देश मात्र दिइनेछैन जबकि मञ्चबाटै ‘बंगलार बाड़ी’ (आवास योजना)-को किस्ता पनि लाभार्थीहरूलाई सुम्पिइनेछ।

मुख्यमन्त्रीले दौड़ाह गर्ने खबर फैलिनसाथ सम्पूर्ण हुगली जिल्लामा तयारी द्रूत गतिमा भइरहेको छ। राजनीतिक गल्लीहरूमा ठूलो घोषणा हुने अड़कल पनि गरिँदैछ।

उल्लेखनीय छ, गत आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगुरमा जनसभालाई सम्बोधन गरेका थिए। सभापूर्व स्थानी भाजपा नेताहरूले प्रचार गरेका थिए, प्रधानमन्त्रीले उद्योगलाई लिएर कुनै ठूलो सन्देश दिनेछन्, तर वास्तविकतामा मोदीको भाषणमा सिंगुरको धरतीबाट उद्योगमाथि कुनै ठोस बयान आएन। सलाई लिएर प्रदेश भाजपाभित्र असमञ्जसको स्थिति उत्पन्न भएको छ।

यस स्थितिमा प्रधानमन्त्रीको भ्रमण सिद्धिएको लगत्तै मुख्यमन्त्री ममता ब्यनर्जी त्यस क्षेत्रको भ्रमणमा जानुलाई राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिँदैछ।

यसबीच राज्य मन्त्रीसभाले पहिला नै सिंगुरमा 500 कड़ोर रुपियाँको निवेशलाई मञ्जुरी दिसकेको छ। यहाँ 11.35 एकड़ जमीन आवन्टन गरिएको छ र काम पनि शुरू हुने खबर छ। मुख्यमन्त्रीको सभाबाट ‘बंगलार आवास योजना’ -को किस्ता पनि वितरण गरिनेछ। सिंगुर ममता ब्यनर्जीको राजनीतिक यात्रामा महत्वपूर्ण मोड़ रहिआएको छ। उद्योगको नाममा बलजफ्ती किसानहरूको जमीन अधिग्रहणविरूद्ध आन्दोलन गरेर उनले राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेकी थिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande