प्रेरणा विष्टले दोस्रो खेलो इण्डिया बीच गेम्समा सिक्किमलाई प्रतिनिधित्व गर्ने
प्रेरणा विष्टले दोस्रो खेलो इण्डिया बीच गेम्समा सिक्किमलाई प्रतिनिधित्व गर्ने


गान्तोक, 03 जनवरी (हि.स.)। सिक्किमकी प्रेरणा विष्ट दोस्रो खेलो इण्डिया बीच गेम्स 2026 को लागि छनोट भएकी छन्। उक्त खेल आगामी 5 देखि 11 जनवरीसम्म दीवमा घोखला बीचमा हुनेछ। विष्टले सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै 55 किलोग्राम वरिष्ठ महिला वर्गमा भाग लिनेछन्।

उत्तर प्रदेशको राजधानी लखनउमा गत वर्ष आयोजित 13औं सिनियर नेशनल पेनकाक सिलाट च्याम्पियनशिपमा उनको प्रदर्शनको आधारमा उनी यस प्रतिष्ठित प्रतियोगिताको लागि छनोट भएकी हुन्। सिक्किम पेनकाक सिलाट एसोसिएशनले प्रेरणा विष्टलाई बधाई दिॅंदै उनलाई प्रतियोगिताको लागि शुभकामना दिएको छ।

एसोसिएशन अनुसार, गत वर्ष सम्पन्न भएको खेलो इण्डिया बीच गेम्समा सिक्किमकी यमुना छेत्रीले रजत पदक र इलोमा सुब्बाले कांस्य पदक जितेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande