
गुवाहाटी, 08 जनवरी (हि.स.)। राजधानी गुवाहाटीको बाहिरी क्षेत्र सोनापुर स्थित फेयर रिसोर्टमा कपड़ा मन्त्रीहरूको दुई दिने राष्ट्रिय सम्मेलनको शुरूआत भयो। केन्द्रिय हस्थकला तथा कपड़ा मन्त्री गिरिराज सिंहले बिहीवार आकर्षक हस्थशिल्प र कपड़ा उद्योग प्रदर्शनीको प्रवेशद्वारको उद्घाटन गरे। 35 राज्यका हस्थशिल्प र कपड़ा विभागका मन्त्रीहरूले यसमा भाग लिइऱहेका छन्।
अतिथिको रूपमा मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव, केन्द्रिय हस्थशिल्प र कपड़ा राज्यमन्त्री पवित्रा मार्गेरिटा, केन्द्रिय मन्त्री गिरिराज सिंह लगायत अन्य वरिष्ठ अधिकारीहरू र विभागीय प्रतिनिधिहरू उपस्थित थिए।
असम सरकारसँगको सहकार्यमा कपड़ा मन्त्रालयद्वारा आजदेखि शुरू भएको यो दुई दिने सम्मेलनमा 28 राज्य र केन्द्र शासित प्रदेशका कपड़ा मन्त्रीहरूले हस्थशिल्प तथा कपड़ा उद्योगको विकासमा भाग लिने र छलफल गर्ने कार्यक्रम रहेको छ।
यस अवसरमा केन्द्रिय राज्यमन्त्री पवित्रा मार्गेरिटाले यो सम्मेलनले आगामी दिनहरूमा देशको हस्थशिल्प तथा कपड़ा उद्योगलाई विश्वव्यापीकरण गर्न महत्वपूर्ण प्रोत्साहन प्रदान गर्ने बताए।
यसैबीच, केन्द्रिय मन्त्री गिरिराज सिंहले असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माको प्रशंसा गर्दै उनले कांग्रेसको शासनकालमा स्थापित बांग्लादेशीहरूलाई हटाएर भाजपाले राज्यलाई अगाड़ी बढ़ाएको बताए। केन्द्रिय मन्त्री गिरिराज सिंहले भने, यदि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले असामका मुख्यमन्त्रीले जस्तै काम गरेको भए आज पश्चिम बंगाल बांग्लादेश हुने थिएन।
हिन्दुस्थान समाचार / भवानी थामी