
नयाँ दिल्ली, ०८ जनवरी (हि.स.)।
प्रधानमन्त्री नरेन्द्र मोदीले वेदान्ता समूहका अध्यक्ष अनिल अग्रवालका जेठा छोरा अग्निवेश अग्रवालको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। अग्निवेश अग्रवालको न्यूयोर्कमा ४९ वर्षको उमेरमा निधन भएको हो।
अनिल अग्रवालले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीप्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री मोदीले लेखेका छन्,
“श्री अग्निवेश अग्रवालको असामयिक निधन अत्यन्तै स्तब्ध पार्ने र दुःखद छ। यस भावपूर्ण श्रद्धाञ्जलीमा तपाईको गहिरो पीडा स्पष्ट देखिन्छ। प्रार्थना छ कि तपाई र तपाईको परिवारलाई निरन्तर शक्ति र साहस प्राप्त होस्। ओम शान्ति।”
उल्लेखनीय छ, अग्निवेश अग्रवालको जन्म ३ जून, १९७६ मा पटनामा भएको थियो। उनले अजमेरस्थित मेयो कलेजबाट शिक्षा प्राप्त गरेका थिए र फुजैराह गोल्डको स्थापना गरेका थिए। उनी हिन्दुस्तान जिंकका अध्यक्ष पनि रहिसकेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी