भारतीय विदेशमन्त्री जयशंकरले फ्रान्सका राष्ट्रपति म्याक्रोंसँग भेट गरे
Jaishankar and france President


पेरिस (फ्रान्स), ०९ जनवरी (हि.स.)। फ्रान्सको भ्रमणमा रहेका भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पेरिसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग भेट गरेका छन्। भेटका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश दिएका छन्। यसबारे जानकारी डा. जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मा तस्वीरसहित साझा गरेका हुन्।डा. जयशंकरले एक्समा लेखेका छन्, “आज फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना दिन पाउँदा अत्यन्त खुशी लागेको छ। समसामयिक वैश्विक घटनाक्रमबारे उनका विचारहरू तथा भारत–फ्रान्स रणनीतिक साझेदारीप्रति व्यक्त गरिएका सकारात्मक भावनाको म उच्च मूल्यांकन गर्दछु।अर्को पोस्टमा उनले लेखेका छन्, “आज पेरिसमा आयोजित फ्रान्सका राजदूतहरूको सम्मेलनलाई सम्बोधन गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो। मैले व्यापार, वित्त, प्रविधि, ऊर्जा, स्रोत तथा कनेक्टिभिटीका कारण देखिएका वर्तमान वैश्विक परिवर्तनहरूबारे जोड दिएको छु। सोचमा परिवर्तन एउटा महत्वपूर्ण पक्ष हो। साथै, बहुध्रुवीयता र रणनीतिक स्वायत्ततालाई प्रवर्द्धन गर्न भारत–फ्रान्स साझेदारीको महत्वबारे पनि चर्चा गरिएको छ।उल्लेखनीय छ, यसअघि डा. जयशंकरले पेरिसमा पहिलोपटक वाइमर समूह (जर्मनी, फ्रान्स र पोल्यान्ड) का आफ्ना समकक्षहरूसँग वैश्विक मुद्दाहरूमा छलफल गरेका थिए। यस क्रममा उनले भारत–युरोपियन युनियन सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयसँगै इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) क्षेत्रका चुनौतीहरूमाथि पनि विचार–विमर्श गरेका थिए।फ्रान्सका विदेशमन्त्री जीन नोएल बैरटसँग भेटपछि डा. जयशंकरले युरोप विश्वस्तरमा एक महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै भारत र युरोपबीचको सम्बन्ध मजबुत हुनु आवश्यक रहेको बताए। उनका अनुसार, भारत र फ्रान्सले विश्व राजनीति तथा अर्थतन्त्रमा स्थिरता ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande