
नयाँ दिल्ली, 11 अक्टोबर (हि.स.)। शारदीय नवरात्रको पहिलो दिन आइतवार दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले झण्डेवालान मन्दिरमा पुगेर माँ भगवतीको दर्शधि उनले माँको चरणमा दिल्ली सहित समस्त देशवासीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्।
मुख्यमन्त्रीले नवरात्रको बधाई दिँदै भनिन्, माता दुर्गाको पवित्र पर्वले श्रद्धा, भक्ति, शक्ति एवं सद्गुणको सन्देश दिने बताइन्। माँका नौ वटा रूपहरूले जीवनमा साहस, संयम, तपस्या, करुणा र धार्मको मार्गमा अग्रसर हुने प्रेरणा दिन्छ। उनले माँ भगवतीको कृपाले दिल्ली र देशको निरन्तर प्रगति होस् अनि हरेक परिवारको जीवनमा सुख, समृद्धि एवं सकारात्मकता कायम रहोस् भनी कामना गरिन्।
यस अवधि मुख्यमन्त्रीले दिल्लीमा अराजकता फैलाउने, साधारण नागरिकहरूलाई उत्पीडन गर्ने तथा सार्वजनिक सम्पत्तिलाई क्षति पुऱ्याउने प्रयासमाथि कड़ा आपत्ति जनाइन् । उनले भनिन्, लोकतन्त्रमा प्रत्येक व्यक्तिलाई आफ्नो कुरा राख्ने अधिकार छ, तर विरोधको नाममा सर्वसाधारणलाई सताउनु, सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याउनु तथा शहरको सामान्य व्यवस्था बाधित गर्नु उचित होइन।
मुख्यमन्त्रीले भनिन्, देशको हित र विकासभन्दा माथि आफ्नो स्वार्थलाई राख्ने अनि देशको प्रगतिबाट विचलित हुने मानिसहरूले सद्बुद्धि पाउन्। । देशको हितमा अगाडि बढ्न नसक्ने र देशको प्रगतिमा खुशी महसुस गर्न नसक्नेहरूसित दिल्लीका जनताको कुनै सरोकार नरहेको पनि उनले बताइन्।
मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, दिल्ली सरकार आफ्ना नागरिकहरूको सुरक्षा, सुविधा एवं शहरको सामान्य व्यवस्थालाई कायम राख्नको लागि प्रतिबद्ध छ। दिल्लीलाई बन्धक बनाउने अनि सार्वजनिक सम्पत्तिलाई क्षति पुऱ्याउन कसैलाई पनि अनुमति दिइने छैन। सामान्य नागरिकलाई अनावश्यक समस्यादेखि जोगाउनु र शहरको व्यवस्थालाई कायम राख्नु सरकारको प्राथमिकता रहेको उनले स्पष्ट पारिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा