अखिलेश यादवले जेपीको आदर्शलाई सम्मान गरुन्ः  ब्रजेश पाठक
उप मुख्यमंत्री ब्रजेश पाठक


लखनऊ, 11 अक्टोबर (हि.स.)। उत्तर प्रदेशका उपमुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री ब्रजेश पाठकले आइतवार लोकनायक जयप्रकाश नारायणको जन्मजयन्तीमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गर्दै उनको सङ्घर्ष, विचार एवं लोकतान्त्रिक मूल्यमान्यताप्रति समर्पणलाई स्मरण गरे। यस अवसरमा उनले समाजवादी पार्विटी र त्यसका राष्ट्रिय अध्यक्ष अखिलेश यादवमाथि लक्षित गर्दै जेपीएनआईसीको नाममा भएको कथित भ्रष्टाचार एवं अनियमितताहरूलाई लिएर जवाफदेही तय गर्ने माग गरे।

उप-मुख्यमन्त्री ब्रजेश पाठकले भने, लोकनायक जयप्रकाश नारायण समाजवादी विचारधारा, लोकतान्त्रिक मूल्य र भ्रष्टाचारविरुद्ध सङ्घर्षका प्रतीक रहेका छन्। उनको नामको राजनीतिक फाइदा लिनेहरूले उनको आदर्श र सिद्धान्तलाई पनि सम्मान गर्नुपर्छ। समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादवसित प्रश्न गर्दै उनले भने, 'जेपीएनआईसीको नाममा भएको कथित भ्रष्टाचार र अनियमिततालाई लिएर उनले जनतालाई के जवाफ दिनेछन्? के लोकनायक जयप्रकाश नारायणजीको नामलाई राजनीतिक लाभको लागि मात्र प्रयोग गरिनेछ?

पाठकले भने, यो दुर्भाग्यपूर्ण छ कि महान जननायक जयप्रकाश नारायणको नाम लिएर राजनीतिक जवाफदेहीदेखि बच्न प्रयास गरिँदैछ। जनता यो जान्न चाहन्छन् कि समाजवादको नाममा परिवारवाद र भ्रष्टाचारलाई संरक्षण दिने राजनीति आखिर कहिलेसम्गम चल्छ? उनले भने, लोकनायक जयप्रकाश नारायणजीको सम्पूर्ण जीवनले सत्ता र स्वार्थको राजनीतिको सट्टा सिद्धान्त, नैतिक शुद्धता एवं जनहितप्रति समर्पणको सन्देश दिन्छ। उनका विचारहरू आज पनि लोकतन्त्रलाई बलियो बनाउन र सार्वजनिक जीवनमा पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने प्रेरणा दिन्छ।

उप-मुख्यमन्त्रीले भने, लोकनायक जयप्रकाश नारायणको नामलाई सम्मान गर्नु त्यसबेला मात्र सार्थक हुनेछ जतिबेला उनको आदर्शलाई व्यवहारमा अप्नाइन्छ। उनक विचारहरूप्रति साँचो सम्मान लोकतान्त्रिक मान्यताहरू, इमानदारी तथा सार्वजनिक हितलाई सर्वोपरि राखेर मात्र सम्भव छ।

/ बिशाल


 rajesh pande