दार्जिलिङ चिड़ियाखानामा तीन वटा हिमाली गोरल बच्चाको जन्म
दार्जिलिंग पद्मजा नायडू हिमालयन जूलॉजिकल पार्क


सिलगढ़ी, 11 अक्टोबर (हि.स.)। दुर्गा पूजाको मौसममा दार्जिीलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कमा हिमाली गोरलका तीन वटा बच्चाहरूको जन्म भएको छ। चिडियाखाना व्यवस्थापन अनुसार करिब दुई हप्ताअघि जन्मिएका यी तीन वटा बच्चाहरूलाई अहिले आमासँग राखिएको छ। वन अधिकारीहरूले निरन्तर निगरानी गरिरहेका छन्।

हिउँ चितुवा र रातो पाण्डाको सफल प्रजननका लागि विश्वव्यापी रूपमा प्रसिद्ध यस चिड़ियाखाना नयाँ बच्चाहरूको जन्मबाट प्रबन्धक उत्साहित छ। यी बच्चाहरू जन्मिएपछि अब चिड़ियाखानामा हिमाली गोरलहरूको सङ्ख्या बढ़ेर लगभग 25 पुगेको छ। यस अतिरिक्त रातो रङ्गको जङ्गली कुखुरा र कालिज तीतर सहित केही चराचुरुङ्गीहरू पनि जन्मिएका छन्।

वास्तवमा विश्व प्रवासी पक्षी दिवसको अवसरमा गए शनिवारदेखि चिड़ियाखानामा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो जसको आइतवार समापन भयो। यस अवधि चराहरूको संरक्षण एवं प्रवासी चराहरूको बारेमा चेतना जगाउने उद्देश्यले एउटा बोर्ड राखियो जसमा पर्यटकहरूले आफ्ना विचारहरू साझा गर्न सक्छन्।

चिडियाखानाको रेकर्ड अनुसार यी दुई दिनमा करिब 20 हजार पर्यटकहरू यहाँ आए जसमा विदेशी नागरिकहरू पनि सामेल छन्। दुर्गा पूजाको छुट्टीमा पर्यटकहरूको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ। व्यवस्थापन अनुसार दुर्लभ वन्यजन्तुहरूको सफल प्रजनन र हेरचाहका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande