दुर्गा पूजामा स्वच्छतामाथि बल, अग्निमित्र पालले तयारीहरूको जानकारी दिइन्
अग्निमित्रा पाल सफाई व्यस्था देखते हुए


कोलकाता, 11 अक्टोबर (हि.स.)। पश्चिम बङ्गाल सरकारले यसपालि दुर्गा पूजाको अवधिमा स्वच्छतामाथि विशेष जोड़ दिइरहेको छ। यस सन्दर्भमा सबै आवश्यक तयारी गरिँदैछ। सो जानकारी राज्यकी शहरी तथा नगर विकास मन्त्री अग्निमित्रा पालले आइतवार दिएकी हुन्। उनले आफ्नो उपस्थितिमा डस्टबिनहरू स्थापना गरिन् अनि दुर्गा पूजाको समयमा स्वच्छतालाई कायम राख्ने अधिकारीहरूलाई निर्देश दिइन्।

अग्निमित्रा पालले भनिन्, मुख्यमन्त्रीको नेतृत्वमा सबै विभागले मिलेर काम गरिरहेको छ। स्वच्छतालाई कायम राख्नको लागि व्यापक तयारी गरिँदैछ। उनले भनिन्, स्वच्छता सुनिश्चित गर्नु जलापूर्ति, सड़कहरूको रखरखाउ तथा नालीहरूको सफाई उनको विभागको जिम्मेवारी हो।

पछिल्लो सरकारको कार्यकालमा यी विषयहरूलाई प्राथमिकता नदिएको आरोप लगाउँदै उनले भनिन्, त्यसताक धन सङ्ग्रह गर्नमा मात्र ध्यान अधिक दिइएको थियो। उनले प्रशासनलाई व्यवस्थाको निगरानी गर्ने अनि स्थितिमाथि निरन्तर ध्यान दिने निर्देश समेत दिएकी छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande