राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमण एससी सेमिफाइनलमा, इस्ट बङ्गाललाई २-१ ले हरायो
Governor gold Cup


गान्तोक, ११ अक्टोबर (हि.स.)। ४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा सिक्किम आक्रमण एफसीले इस्ट बङ्गाल (आर) एफसीलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

राजधानीको पाल्जोर स्टेडियममा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा सिक्किम आक्रमणले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको हो। सिक्किम आक्रमण एससीको तर्फबाट नुहु शैदु र टेन्डन लेप्चाले एक-एक गोल गरे। यसैगरी, पराजित दलका खेलाडी जय बाजले एक गोल गरे।

विजयी दलका खेलाडी टेन्डन लेप्चालाई उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित गरियो। यस जितसँगै सिक्किम आक्रमणले आगामी १३ अक्टोबरमा हुने सेमिफाइनलमा केरलाको गोकुलम एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताअन्तर्गत सोमबार चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा ब्ल्याक ईगल र शिलोङ लाजोङ एफसी आमनेसामने हुनेछन्। उक्त खेलपछि सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ। आज विधायक सोनाम भेन्चुङ्गपा मुख्य अतिथि थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande