
गुवाहाटी, 11 अक्टोबर (हि.स.)। असममा व्यवहारिक रूपमा खेलहरूलाई प्रोत्साहन गर्ने सबैभन्दा ठूलो अभियान खेल महारण आफ्नो तेस्रो संस्करणको साथमा आगामी 7 नोभेम्बरदेखि शुरु हुनेछ। मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आइतवार सोशल मिडिया पोस्ट मार्फत उक्त आशयको जानकारी गराए।
मुख्यमन्त्रीले भने, पहिलो दुई सफल संस्करणपछि खेल महाराण 3.0- ले एक पटक फेरि राज्यका युवाहरूलाई आफ्नो खेल प्रतिभालाई प्रदर्शन गर्न नयाँ मञ्च प्रदान गर्नेछ। यस पहलको उद्देश्य युवाहरूमा खेलकुदप्रति उत्साह, प्रतिभा र ऊर्जालाई प्रोत्साहित गर्नु हो।
उनले भने, गाउँका खेल मैदानदेखि लिएर राज्यस्तरसम्मका प्रतिभाको पहिचान गर्ने अनि उनीहरूलाई तिखार्ने दिशामा यो अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यसको माध्यमबाट युवाहरूलाई खेलसँग जोड्न, उनीहरूको क्षमता विकास गर्नु र उनीहरूलाई अगाड़ि बढ़्ने अवसर प्रदान गर्नेमाथि जोड दिइनेछ।
मुख्यमन्त्रीले आशा व्यक्त गरे, खेल महाराणको तेस्रो संस्करण पछिल्लो कार्यक्रमहरूको तुलनामा अधिक व्यापक, उत्साहपूर्ण र रोमाञ्चक हुनेछ । यस पहल मार्फत राज्यमा धरातलीय स्तरमा खेल संस्कृतिलाई सुदृढ़ पार्ने तथा युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयास गरिनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा