
मुम्बई, 11 अक्टोबर (हि.स.)। सम्भाजी नगर जिल्लामा गए राती टेम्पो र मोटरसाइकल आपस्तमा ठोक्किँदा तीन जना मानिसहरूको मृत्यु भयो। यस घटनामा एकजना युवक गम्भीर घाइते भएका छन् जसलाई नजिकैको जिल्ला सरकारी अस्पतालमा भर्ती गरिएको छ। करमाड पुलिस स्टेशनको टीमले घटनाको अनुसन्धान गरिरहेको छ।
घटनाको जाँच गरिरहेका पुलिस अधिकारीले आइतवार बताए, यस दुर्घटनामा अक्षय बिजल सिंह राजपूत (28), अमोल अशोक औते (32) र गोरख राव साहेब म्हस्कर (28)- को मृत्यु भएको छ भने शुभम अधाने (20) गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि सरकारी अस्पतालमा भर्ना गरिएको छ। यी चारैजना युवाहरू सम्भाजीनगर जिल्लाको गोलेगाउँस्थित गडाना गाउँका बासिन्दा थिए।
दुर्घटनाको सूचना पाए लगत्तै स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर घाइतेहरूलई सहयोग गरे। त्यसपछि करमाड पुलिसले पनि घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। पुलिसले दुर्घटनाको मुद्दा दर्ता गरेको छ। भगौड़ा टेम्पो चालकको खोजी भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा