
नयाँ दिल्ली, 11 अक्टोबर (हि.स.)। दिल्ली पुलिसले कमला मार्केट थाना अन्तर्गत डीडीयू मार्गमा गए शनिवार भएको विरोध प्रदर्शनको क्रममा भएको घटनासँग सम्बन्धित भाइरल भिडियोको स्वतः संज्ञान लिएको छ। भिडियोमा चार जना मानिसहरूले एकजना प्रदर्शनकारी किशोरमाथि प्रहार गरिरहेको देख्न सकिन्छ।
दिल्ली पुलिसको भनाइ छ, चारैजना अभियुक्तहरूलाई चिन्हित गरिएको छ। अग्रिम कारबाही भइरहेको छ। यस सम्बन्धमा पीडितको पक्षबाट कुनै औपचारिक उजुरी दर्ता गरिएको छैन।
पुलिसले भन्यो, सोशल मिडियामा भाइरल भइरहेको भिडियोमा चार जना मानिसहरूले एकजना पुरुष प्रदर्शनकारीलाई कथित रूपमा आक्रमण गरेको देखिन्छ। उक्त भिडियोको स्वतः संज्ञान लिँदै दिल्ली पुलिस, कमला मार्केट थानाले तुरुन्तै कानुनी कारबाही शुरु गऱ्यो। चारैजना अभियुक्तहरूको पहिचान गरी उनीहरूको बारेमा पत्तो लागाइएको छ। अग्रिम कानुनी कारबाही जारी छ। दिल्ली पुलिस हिंसाका घटनाहरूविरुद्ध उचित कारबाही गर्न र त्यस किसिमको सिकायतहरूको तुरून्त निवारण सुनिश्चित गर्नको लागि प्रतिबद्ध छ।
मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा र एसआईआरको प्रक्रियालाई तत्काल रोक्न माग गर्दै विपक्षी दलहरू सहित केही विद्यार्थी सङ्गठन अनि उनीहरूका समर्थकहरूले विगत केही दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा