
जौनपुर, 11 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जौनपुरबाट समाजवादी पार्टीकी विधायक डा. रागिनी सोनकरले आइतवार भाजपा सरकारमाथि लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको र विपक्षीको आवाज दबाएको आरोप लगाएकी छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागमा जन्तर-मन्तरमा मानिसहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अनुमति समेत नदिएको आरोप लगाउँदै उनले भनिन्, युवाहरूलाई लक्षित गरिँदैछ, पत्रकारहरूलाई समेत रोकिँदैछ।
उनले भनिन्, संविधान तथा लोकतन्त्रलाई बचाउनकै लागि नै जन्तर- मन्तरमा आन्दोलन गरिँदैछ। उनले चुनावी चन्दा, प्रधानमन्त्री केयर्स फण्ड अनि इलेक्टोरल बण्डलाई पनि पारदर्शी बनाउने माग गरिन्। शिक्षक एमएलसी चुनाउलाई लिएर उनले भनिन्, भाजपा सरकारमा शिक्षक समुदाय असन्तुष्ट छन्। शिक्षकहरूबाट सबै प्रकारका काम गराइँदैछ जबकि समाजमा गुरुको सर्वोच्च स्थान हुन्छ। उनले भनिन्, समाजवादी पार्टीले सरकार गठन गऱ्यो भने अखिलेश यादवले घोषणा गरे अनुसार पुरानो पेन्शन व्यवस्थालाई बहाल गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा